एक जनाको भरमा नेचुङ भन्सार
मुस्ताङ, २४ असार । मुस्ताङको छोसेर गाविसमा सञ्चालित नेचुङ भन्सार कार्यालय एक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् ।
कार्यालयको जीर्ण भवन अवस्थामा छ । शौचालय र बाथरुमको व्यवस्था छैन । झ्याल र ढोका कुहिएका छन् । भन्सार कार्यालयका प्रमुख नायब सुब्बा धर्मराज सुवेदीले सञ्चार सुविधाको अभाव र सहयोगी कर्मचारी नहुँदा समस्या भइरहेको बताउनुभयो ।
एक्काइस वर्षपछि असारको पहिलो सातादेखि मुस्ताङको कोरला नाकाबाट हुने कारोबारलाई व्यवस्थित बनाउन सञ्चालनमा आएको भन्सार कार्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको अभावले कार्यसम्पादन प्रभावकारी बन्न सकेको छैन । कार्यालय सहयोगीसहित चार जनाको दरबन्दी भए पनि अहिलेसम्म दरबन्दी पूर्ति हुन नसकेको प्रमुख सुवेदीको भनाइ छ ।
कार्यालय सहयोगी स्थानीयलाई नियुक्त गर्न पाउने भए पनि विभागबाट कुनै किसिमको निर्देशन नआएकाले समस्या उत्पन्न भएको छ ।
दरबन्दीका अन्य दुई कर्मचारी काजमा अन्यत्रै खटिएका छन् । भौगोलिक रुपमा कठिन, समुदायस्तरमा पर्याप्त चेतना र थप जनशक्ति नहुँदा कार्यसम्पादन गर्न समस्या भएको प्रमुख सुवेदीको गुनासो छ । “राज्यले खटाएको ठाउँमा त आउनु नै प¥यो तर, पर्याप्त व्यवस्था नहुँदासम्म राज्यले सोचेको लक्ष्य यहाँबाट हासिल गर्न कठिन छ, उहाँले भन्नुभयो, “तत्काल दरबन्दी पूर्ति र आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन जरुरी छ ।”
तिब्बतको कैलाश मानव सरोवर जान चाहने भक्तजनका लागि कोरला नाकाको बाटो सबैभन्दा नजिक पर्छ । चीन र भारतले भारतको नाथुला नाकामार्फत भक्तजनलाई कैलाश जाने मार्ग खुल्ला गरेसँगै मुस्ताङका सरोकारवाला निकाय पनि कोरला नाका सञ्चालनको पक्षमा सरकारलाई दबाब दिइरहेका छन् ।
भन्सार कार्यालयमा आवश्यक पर्ने पूर्वाधारसहित करिब रु २० लाखको योजना विभागमा पठाइएको नेचुङ भन्सार कार्यालयले जनाएको छ । “यसमा विभाग सकारात्मक छ, बजेट आएर आधारभूत कुरा भयो भने हामी नियमित यहाँ बस्न कुनै समस्या हुनेछैन सुवेदीले भन्नुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया