आक्रमणमा बोको हरामको आशङ्का
कानो (नाइजेरिया), २३ असार । उत्तरी नाइजेरियामा एक सरकारी कार्यालयलाई लक्ष्यगरी मङ्गलबार गरिएको आत्माघाती बम विस्फोट इस्लामिक आतङ्ककाकारी समूह बोको हरामले नै गराएको आशङ्का गरिएको छ ।
यद्यपि यस विस्फेटको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । सो आक्रमणमा परी कम्तीमा पनि २५ जनाको मृत्यु भएको छ ।
नाइजेरियाको जरिया सहरमा स्थानीय समयाअनुसार मङ्गलबार बिहान ९ बजे सो आक्रमण भएको थियो ।
एक आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ बोकेर सो कार्यालयमा गई गराएको यस आक्रमणमा परी एक दुई बर्षीया बालकसहित कम्तीमा पनि २५ व्यक्तिको व्यक्तिको मृत्यु भएकोछ ।
यसका साथै अन्य ३१ जना गम्भीर घाइते भएका कुन्दुना राज्यका गभर्नर नासिर एल रुफाईले बताउनु भएको छ ।
प्रान्तीय राजधानी कुदुना सहरबाट ७५ किलोमिटर उत्तरमा पर्ने जरिया सहर मुस्लिम सहरको रुपमा रहेको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार मङ्गलबार नै उत्तरपश्चिमी बोर्नो राज्यमा एक सैनिक चौकीको नजिकै महिला आत्मघाती आक्रमणकारीले गराएको एक बम आक्रमणमा चार व्यक्तिको मृत्यु भएको छ ।
प्रान्तीय राजधानी मैदुगरीबाट ११० किलोमिटर टाढा सबोनगरी गाउँमा सो आक्रमण भएको जनाइएको छ । आफ्नो नाम नबताउने शर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले यस आक्रमणको पुष्टि गरेका छन् ।
गत सोमबार राति पनि १३ बर्षीया एक केटीले कानो सहरमा रहेको एक मस्जिदनजिकै आत्मघाती बम आक्रमण गराएको बताइएको थियो ।
गत आइतबार जोस सहरमा रहेको मस्जिद र रेष्टुरेन्टमा गराएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ४४ व्यक्तिको मृत्यु भएको थियो ।
सोही दिन पोटिस्कुम सहरमा रेहेको एक चर्चमा भएको एक आत्मघाती बम आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको थियो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया