पर्यटन प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध: पर्यटनमन्त्री
काठमाडौँ, २३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले भूकम्पपछिको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले सोहीअनुसारको कार्यक्रम ल्याएको बताउनुभएको छ ।
पर्यटनसम्बन्धी पत्रिका(म्यागजिन) इमेज नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पर्यटन प्रवद्र्धनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नु भयो ।
मन्त्री शेर्पाले भूकम्पका कारण अहिले पर्यटन क्षेत्रले केही सङ्कट महसुस गरे पनि आगामी वर्ष यस क्षेत्रलाई आम्दानीको गतिलो स्रोतका रुपमा विकास गर्नेमा ढुक्क हुन पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारको त्यहीअनुसारको नीति तथा कार्यक्रम आएको छ, अब पर्यटन प्रवद्र्धन गर्न कम्तीमा पनि एक जिल्लामा एक विमानस्थल बनाउने योजना छ ।”
पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सरकारले पर्यटन क्षेत्रलाई अघि बढाउन दाता राष्ट्रको वैठक बसाउनका साथै व्यवस्थापिका–संसद्को विकास समितिमा ५१ बुँदे घोषणापत्रसमेत जारी गरेको जानकारी दिनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया