खोलाले बगाएर श्रीमान् श्रीमती बेपत्ता

इनेप्लिज २०७२ असार २३ गते १५:२० मा प्रकाशित

गुलरिया (बर्दिया), २३ असार । बर्दियाको सूर्यपटुवा गाविसस्थित खौरहवा खोलामा माछा मार्ने क्रममा आज खोलाले बगाउँदा श्रीमान् श्रीमती बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सूर्यपटुवा गाविस–४ डल्ला गाउँका सरजु थारु र उनकी श्रीमती फूलकुमारी थारु रहेको बर्दियाका प्रहरी उपरीक्षक गोविन्द परियारले जानकारी दिनुभयो ।

खोलामा माछा मारिरहेको अवस्थामा एक्कासि बाढी आउँदा उनीहरूलाई बगाएको जनाइएको छ । उनीहरूको प्रहरी टोलीले बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती प्रयोग गरी खोजी गरिरहेको उपरीक्षक परियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया