शुक्रबार, माघ १४ २०७८
काठमाडौं २१:२८
वासिङटन डिसी 10:43

मिराको सिउँदो भरे शाहिदले

इनेप्लिज २०७२ असार २३ गते ११:०४ मा प्रकाशित

thumbमुम्बई । बलिउडका ‘लभर’ हिरो शाहिद कपूरले विवाह गरेका छन् ।

मंगलबार उनले ४० जना जन्ति लिएर मंगेतर मीरा राजपूतसँग विहे गरेका हुन् । दिल्लीको बाहिरी इलाका छत्रपुरस्थित एक फार्महाउसमा शाहिदले विवाहको जग्यमा सात फेरि लगाउँदै मीराको सिउँदोमा परम्परा अनुसार सिन्दुर भरे ।
विवाहमा दुई परिवारका समेत गरेर झन्डै ४० जना सहभागी थिए । विवाहको पार्टी शाहिदले आगामी जुलाई १२ आइतबारका दिन राखेका छन् ।
जहाँ बलिउडका थुप्रै कलाकार तथा दर्शक उपस्थित हुनेछन् । शाहिदको पार्टीमा नेपालबाट समेत कलाकारहरु जाने बताइएको छ । एजेन्सी

प्रतिक्रिया