छिट्टै संविधान आउँछ: पूर्वप्रधानमन्त्री भट्टराई

इनेप्लिज २०७२ असार २३ गते ४:४७ मा प्रकाशित

Baburam Bhattaraiगोरखाबजार, २३ असार । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभाबाट छिट्टै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुने बताउनुभएको छ ।

संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास गरेर आजदेखि जनतामाझ लगिएको भन्दै उहाँले साउनभित्रै नयाँ संविधान जारी हुने बताउनुभयो ।

ज्येष्ठ नागरिक सङ्घ गोरखाले आज सदरमुकाममा आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले भन्नुभयो, “छिट्टै संविधान जारी हुन्छ, संविधानको मस्यौदा पढेर आफ्ना हक, अधिकार समेटिएको वा छुटेको भए सुझाव दिनुहोला ।”

उहाँले ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण दिएर व्यवस्थित ढङ्गले पाल्नुपर्ने बताउनुभयो । सामाजिक सुरक्षा भत्ता मासिक रु ५०० ले नपुग्ने भन्दै उहाँले मासिक रु तीन हजार बनाउन आफू लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया