महिला विश्वकपको उपाधि अमेरिकालाई

इनेप्लिज २०७२ असार २२ गते १३:१७ मा प्रकाशित

 

 

unnamed (1)

काठमाडौं, २१ आसार । जापानलाई फराकिलो अन्तरमा हराउँदै महिला बिश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ ।

क्यानाडाको बिसी प्यालेस रंगशालामा सोमबार बिहान भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन जापानलाई ५-२ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो।अमेरिकाले खेलको पहिलो हाफमै ४-१ को अग्रता लिएको थियो। दोस्रो हाफमा थप एक गोल गर्दै उपाधिमा कब्जा जमाएको हो।
विश्वकप फुटबलको तेस्रो उपाधि जित्ने क्रममा अमेरिकाको लागि कार्ली लोएडले ह्याट्रिक गरीन्‌ भने लउरेन होलीडे र टोबीन हिथले एक एक गोल गरेका थिए।
जापानको लागि युकी ओगीमीले गोल फर्काएकी थिइन्। यस्तै अमेरिकाकी जुली जोन्स्टनले आत्माघाती गोल जापानलाई उपहार दिएकी थिइन्।
अमेरिकाले यसअघि सन् १९९१ र १९९९ मा उपाधि जितेको थियो।
यो जितसँगै अमेरिकाले सन् २०११ मा जर्मन महिला विश्वकपको फाइनलमा जापानसँग भोगेको हारको बदलासमेत लिएको छ।

प्रतिक्रिया