नेपालद्वारा युएई सामु ८५ रनको चुनौती

इनेप्लिज २०७२ असार २२ गते १२:०७ मा प्रकाशित

cricket-bat-and-ball-310x210काठमाडौँ, २२ असार । आइसिसी विश्वकप टि–ट्वन्टी छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स(युएई)सामु ८५ रनको चुनौती प्रस्तुत गरेको छ ।

आयरल्यान्डको स्टोरमोन्टस्थित सिभिल सर्भिस क्रिकेट क्लब मैदानमा भएको सो प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा सात विकेट गुमाउँदै ८४ रनको योगफल तयार ग¥यो । नेपालले टस जितेर ब्याटिङ नगर्दै वर्षा भएपछि २० ओभरको खेललाई १८ ओभरमा घटाइएको थियो ।

प्रतियोगितामा नेपाली ब्याट्सम्यान शरद भेषवाकरले अविजित ३८ रनको योगदान दिए भने उपकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १३/१३ रन जोडे । त्यस्तै सोमपाल कामीले ७ तथा कप्तान पारस खड्काले ५ रन जोडे ।

अहिले जवाफी ब्याटिङमा उत्रेको छ । छ ओभरको खेल सकिँदासम्म युएईले एक विकेटको क्षतिसँगै ३३ रन जोडेको छ । यही असार २४ गतेदेखि सञ्चालन हुने विश्वकप टि–ट्वन्टी छनोट प्रतियोगिताका लागि नेपालले उक्त अभ्यास खेल खेलेको हो ।

प्रतिक्रिया