त्रिचालीस किसानलाई अनुदान

इनेप्लिज २०७२ असार २२ गते १२:०४ मा प्रकाशित

सुरुङ्गा (झापा), २२ असार । नेपालबाट कृषि तथा पशुसम्बन्धी तालिम लिन इजरायल गएर फर्किएका मध्ये झापाका ४३ जना किसानलाई सरकारले अनुदान दिने भएको छ ।

कृषि र पशुपालनसम्बन्धी व्यवसाय सञ्चालन गर्न किसानलाई जनही रु एक/एक लाखका दरले अनुदान रकम दिन लागिएको हो । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत शालिग्राम भट्टराईका अनुसार ३९ जना किसानले कृषि तथा चारजनाले पशु व्यवसाय सञ्चालनका लागि रकम पाउने छन् ।

साना किसान विकास बैंक र साना किसान कृषि सहकारी संस्थामार्फत छनोट भएर तालिममा सहभागी भएका किसानलाई स्वदेशमै उद्यम सञ्चालन गर्न सो रकम प्रदान गर्न लागिएको हो । सरकारले केही दिनभित्रै छनोटमा परेका किसानको व्यवसायको स्थलगत अवलोकन गरी रकम प्रदान गर्ने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया