मंगलबार, माघ ४ २०७८
काठमाडौं १९:४६
वासिङटन डिसी 09:01

आउनुहोस् एनआरएनको साझा चौतारीमा एकले अर्कोलाई सहयोग गर्दै अगाडि बढौं-डा केशब पौडेल

इनेप्लिज २०७२ असार २२ गते १२:४३ मा प्रकाशित

unnamed (3) ५ जुलाई, २०१५ माँ मिचिगन राज्यको वाटरफोर्डमा नेपाली आप्रवासी संघ ( एनआरन ) का च्याप्टर अध्यक्ष विपिन श्रेष्ठको अध्यक्षतामा एनआरएन मिचिगन च्याप्टरको वार्षिक कार्य योजना संवन्धमा छलफल  कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । सो कार्यक्रमका प्रमुख आकर्षक व्यक्तित्व एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलको प्रमुख आतिथ्यमा झण्डै दुई शय मानिसहरूको माँझ यो कार्यक्रम  सम्पन्न भएको थियो ।एनआरएन मिचिगन च्याप्टरको पहलमा स्थानिय बिभिन्न संस्थाहरु तथा मिचिगन जन सम्पर्क समितिको संयुक्त पहलमा यों कार्यक्रम संचालन भएको थियो ।सो कार्यक्रममा मिचिगन एनआरएन च्याप्टरले नेपालमा गएको महा भुकम्पको लागि यस अघि पनि जनसम्पर्क लगायत विभिन्न संघ संस्थासँग मिलेरै एघार हज़ार डलर उठाईएर एनआरएन मार्फ़त नेपाल पठाएको थियो भने अहिले नेपालमा पुनर्निर्माणका लागि तथा आँफ्नो वार्षिक कार्यक्रमको क्यालेण्डर कार्यक्रमका प्रमुख अतिथि डा केशव र एनआरएनका उपाध्यक्ष राम सी पोख्रेललाई संयुक्त रूपमा हस्तान्तरण गराएका थिए ।

unnamed

सो कार्यक्रममा स्वागत मन्तव्य एनआरएन मिचिगन च्याप्टरका उपाध्यक्ष पुन्य पराजुलीले गरेका थिए भने उक्त कार्यक्रम एनआरएनकै पूर्व वोर्ड अफ डायरेक्टर धर्म भट्टराईले संचालन गरेका थिए । सो कार्यक्रममा एनआरएनका उपाध्यक्ष राम सी पोख्रेल अर्का मुख्य अतिथि थिए भने अन्य अतिथिहरू डा राजेश पोख्रेल,जन सम्पर्क समितिका च्याप्टर सभापति राम प्रसाद वस्याल,केन्द्रीय सदस्य अमृत भट्टराई डा हेम रेग्मी , डा मोरा हाँग थिए । उक्त कार्यक्रममा छवि लामिछानेले पनि मन्तव्य व्यक्त गरेका थिए  ।

unnamed (1)त्यस्तै उक्त कार्यक्रममा  एनआरएनका निवर्तमान वोर्डअफ डायरेक्टर धर्म भट्टराई स्थानीय वासिन्दा प्रदीप रिमाल,वीरेन्द्र मारी,कविता मारी,किरास कार्मो,सुरज आचार्य,र फुटवल टीमले समेत आर्थिक सहयोग गरेका थिए ।लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा विध्यार्थीहरूको बृहत् उपस्थिति थियो । एनआरएन च्याप्टरको संयोजकत्वमा र मिचिगन जन सम्पर्कको सकृयतामा विभिन्न संघ संस्थाहरूको संयुक्त पहलमा पनि एनआरएनका अध्यक्षको प्रमुख आतिथ्यमा  टिपियसको वारेमा छलफल तथा एमआरपी पासपोर्ट भर्नेकाम सफल भयो । उक्त कार्यक्रममा  वोल्दै एनआरएनका अध्यक्ष तथा कार्यक्रमका प्रमुख डा पौडेले सम्पूर्ण आप्रवासी नेपालीहरू एनआरएनको साझा चौतारीमा वस्दै एकले अर्कोलाई सहयोग गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

unnamed (2)

प्रतिक्रिया