एनआरएन टेक्सास च्याप्टरको ड्यालसमा टिपीएस सम्बन्धि भब्य कार्यक्रम !

इनेप्लिज २०७२ असार २१ गते १६:५३ मा प्रकाशित

_BRN6542 copyटेक्सास, ५ जुलाई / गैर आवाशीय नेपाली संघ अमेरिका, टेक्सास च्याप्टरको नेतृत्वमा टेक्सासको ड्यालस क्षेत्रमा रहेका अन्य १४ संघ संस्थाहरुको सहकार्यमा आज टेक्सासको ड्यालसमा भब्य कार्यक्रमको आयोजना गरियो। हालै अमेरिकी सरकारले नेपालमा गत अप्रिल २५ मा विनाशकारी भूकम्प गए पछि नेपालीलाई Temporary Protected Status (टिपीएस) दिने निर्णय गरेको हो।

_BRN6553 copy

टेम्पोररी प्रोक्टेक्ट स्टाटस टिपीएस “अमेरिकी कानूनमा नेपालीका लागि प्रदान गरिएको कानूनी सुबिधा र सो प्राप्त गर्ने कानूनी प्रक्रिया” का सम्बन्धमा बिशेष जानकारी राख्ने अनुभवी बरिष्ठ अधिवक्ता श्री खगेन्द्र जीसी द्वारा जानकारी गराउने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी एनआरएन केन्द्रीय कोषाध्यक्ष बेदराज बस्नेतले बताउनु भयो। नेपाल १२ औ टिपीएस प्राप्त मुलुक हुन गएको छ। अन्तरक्रिया कार्यक्रममा बि-१/बि-२, बिधार्थी, एसाइलम लगायत बिभिन्न स्टाटसमा रहेका व्यक्तिहरुले टिपीएसमा एप्लाई गर्दा के हुन्छ, यसमा कसरी एप्लाई गर्ने जस्ता बिबिध प्रकारका समस्याहरुको जानकारी अधिवक्ता जीसीले प्रदान गर्नु भएको थियो ।

_BRN6558 copy

यस अघि पनि ड्यालसमा टिपीएस सेमिनार भए पनि आज नेपाली भाषी अधिवक्ता भएर होला टेक्सासको इर्विंग शहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) भवनमा खचाखच भरिएको थियो। आज यस कार्यक्रमको सहभागीताले ड्यालस क्षेत्रमा टिपीएस सेवाग्राही निकै रहेको अनुमान गर्न साकिने र तिनको सहयोगको लागि अझ धेरै सेवामुलक कार्यक्रम गर्न सम्पूर्ण संघ संस्थाहरु मिलेर अघि बढ्नु पर्ने बताउनु भयो नेपाली समाजका महासचिब विजय राज भट्टराई ले।

_BRN6559 copyयस कार्यक्रममा नेपाली समाज टेक्ससका निबर्तमान अध्यक्ष डा प्रेम अधिकारी लगाएत सम्पूर्ण आयोजक संघ संस्थाहरुको अध्यक्ष अथवा प्रतिनिधिहरुको समेत उपस्थिति थियो। कार्यक्रम एनआरएन टेक्सास च्याप्टरका अध्यक्ष उत्तम लामिछानेको सभापतित्वमा भएको थियो। कार्यक्रममा प्रदीप तिम्सिनाले स्वागत तथा एनआरएन केन्द्रीय उपाध्यक्ष बन्दना कोइरालाले मन्तव्य तथा एनआरएन केन्द्रीय अध्यक्ष डा केशब पौडेलको शुभकामना पढेर सुनाइएको थियो।

11720584_10153116146967950_1608578626_nन्यूयोर्क बाटै आउनु भएकी कार्यक्रम प्रस्तोता अभिमा उप्रेतीको मधुर प्रस्तुतीले कार्यक्रममा मिठास थपेको थियो। कार्यक्रममा सम्पूर्ण टिपीएस सम्बन्धि जानकारी नेपाली भाषा मै गराइएको थियो। साथै $३५० मा टिपीएस कानूनी सेवा प्रदान गरिने जानकारी समेत गराइयो। कार्यक्रम ३ घण्टा चलेको थियो।

Untitled-1

त्यस्तै टेक्सासको अर्कों ठूलो शहर अस्टिनमा जुलाई ४, शनिवारका दिन एनआरएन च्याप्टरको संयोजकत्वमा ग्रेटर अस्टेनको सकृयतामा विभिन्न संघ संस्थाहरूको संयुक्त पहलमा पनि एनआरएनका निवर्तमान अध्यक्षको प्रमुख आतिथ्यमा टिपियसको वारेमा छलफल तथा एमआरपी पासपोर्ट भर्ने काम सफल भयो ।

 

प्रतिक्रिया