‘आज उनको यादमा’ म्यूजिक भिडियो

इनेप्लिज २०७२ असार २१ गते ३:५६ मा प्रकाशित

130A9036पछिल्लो समय चलचित्र, म्यूजिक भिडियो, डकुमेन्ट्री, सिरियललगायतको छायाङ्कन गर्न सबैको रोजाईमा पर्ने झापामा भर्खरै एउटा आधुनिक गीतको म्यूजिक भिडियो छायाङ्कन भएको छ ।

केही महिनाअघि बजारमा आएको नयाँ एल्वम अन्योलमा भएको स्वरुपराज आर्चायको आवाज, तेजेन्द्र बिवशको शब्दरचना अनि बालान्द राईको संगीतमा रहेको ‘आज उनको  यादमा’ वोलको गीतको छायाङ्कन सकिएको हो ।

झापाको पर्यटकीय स्थल सालबारी, दोमुखालगायतका स्थानमा छायाङ्कन गरिएको म्यूजिक भिडियोमा युवा अवस्थामा भएको प्रेममा आफ्नी मायालु गमाउँदाको पीडा बोकेको कथावस्तु रुहेको निर्देशक युवराज वाइबाले बताएका छन् । युवराजले ‘आज उनको यादमा’ लगायत दर्जनौं म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् ।
यो म्यूजिक भिडियोमा सञ्चारकर्मी रमेश तिवारी, पूर्णीमा मगर र विनोद मैनालीको अभिनय रहेको छ । विनोदले यसै भिडियो मार्फत डेव्यु गरेका हुन् भने पूर्णीमाले यसअघि नै एउटा गीतमा अभिनय गरीसकेकी छिन् ।

‘कपुरी क मोसन पिक्चर’ काठमाण्डौको ब्यानरमा निर्मित यो म्यूजिक भिडियोलाई तिलक रिजालले छायाँङ्कन गरेका छन् । टेकेन्द्र शाहले सम्पादन गरेको उक्त भिडियो चाँडै बजारमा ल्याउने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया