अमेरिकाको स्वतन्त्रता दिवसको अवसर मा जुलाई ४ मा बे एरियामा भव्य पिकनिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ असार २० गते २१:२५ मा प्रकाशित

887376_10203116219225930_4967542380153591307_oअमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा ४ जुलाईमा बे एरियाबासीहरुले आयोजना गरेको पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । वासिङ्गटन पार्क ७४० सेन्ट्रल एभ, अल्मेडा, सीए ९४५०१ क्यालिफोर्नियामा भएको उक्त पिकनिक कार्यक्रममा बे एरियास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

११ बजदेखि शुरु भएको पिकनिक कार्यक्रम बेलुका ६ बजेसम्म चलेको थियो । पिकनिक कार्यक्रममा सोनिया केसी, मनोहरा थापा बोगटी, बन्दना दाहाल, अमृता राना, निर्मला कार्की, कमला प्याकुरेल, सारु भण्डारी, सुनिता पाण्डे, संगीता गुरुङ, मिरा वस्ती, कृष्ण केसी, गोपाल बस्नेतले विभिन्न परिकार घरमा नै बनाएर लैजानु भएको थियो । पिकनिकमा हिमालयन कजिन कन्कर्डले स्वादिष्ट खानाको व्यवस्था गरेको थियो ।

पिकनिक कार्यक्रममा सहभागीहरुले स्वतन्त्रता दिवसका अवसरमा एक अर्कोसँग शुभकामना आदान प्रदान पनि गरेका थिए । कार्यक्रममा सहभागीहरुले भरपूर मनोरञ्जन समेत लिएका थिए । कार्यक्रममा सनफ्रान्स्सिको बे एरियाका तीन सय भन्दा बढीको सहभागिता रहेको थियो ।

पिकनिक आयोजनाका लागि प्रतिक पाण्डे, संगीता गुरुङ, प्रकाश बस्नेत, प्रदिप भण्डारी, नगेन्द्र लामा, शोभा राई, मनोहरा थापा, मिरा वस्ती, सञ्जीव उप्रेती, रवि श्रेष्ठ, बिश्व पन्त, रुपेश नेपाल, अनुप तिमिल्सिना, भुवन लामा, मदन महर्जन, सूर्यप्रसाद शर्मा, धु्रव कुँवर लगायतको आयोजक समिति रहेको थियो ।

त्यस्तै आयोजक समितिमा भक्त थापा, मनोज घिमिरे,  रविन्द्र राई, बुद्ध महर्जन, धनञ्जयनरसिंह केसी, सर्वज्ञ वाग्ले, दिपा जोशी गुरुङ,राजेश थापा, कृष्ण राज गिरी, कृष्ण केसी, बिष्णु दाहाल,  गणेश तामाङ, सुनिता सापकोटा, हेमन्त सिटौला लगायतका रहनु  भएको थियो ।

11402943_732102060231712_5136686455648896101_n

1 11236471_10153152657075547_217182137549804761_n

प्रतिक्रिया