अमेरिकाको क्यालिफोर्नियामा नेपाल डे २०१५ सम्पन्न

इनेप्लिज २०७२ असार १९ गते २३:५८ मा प्रकाशित

 

 

nandita ji

क्यालिफोर्निया ,विनाशकारी भूकम्पले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परिरहेको अबस्थामा त्यसको पुनरुत्थान गर्ने उदेश्यले अमेरिकाको क्यालिफोर्निया आयोजना गरिएको नेपाल डे २०१५ कार्यक्रम सम्पन्न भएको छ l

नेपालीज एण्ड फ्रेन्ड्स कल्चरल एसोसियसन क्यालिफोर्नियाको डेभिस शहरको भिटरन मेमोरियल सेन्टरमा शुक्रवार साझ अबेर सम्म भएको कार्यक्रममा कलाकारले गीत र नृत्य प्रस्तुत गरेका थिए भने ब्यबसायीले नेपालका हस्तकला समानको प्रदर्शन गरी नेपाल प्रर्बद्धन गरेका थिए ।

क्यालिफोर्नियामा भएको उक्त कार्यक्रममा गायक हिमाल सागरले आफ्ना चर्चित गीत मार्फत दर्शकलाई नचाएका थिए भने नायिका नन्दिता केसीले नृत्य प्रस्तुत गरी अमेरिकामा बसोवास गरिरहेका नेपालीको मन जितेका थिए ।

हिमाल सागरको तीन ढिक्के फुली… गीतले क्यालिफोर्नियाको तातो हावालाई थप तताएका थियो । सो अबसरमा नाफ्का अध्यक्ष सुरेन्द« अधिकारी र कार्यक्रम संयोजक उद्धव गीरिले कार्यक्रम सफतापूर्वक सम्पन्न भएको र भविष्यमा पनि नेपाल प्रबद्र्धनका कार्यक्रम गर्दै लैजाने जानकारी दिनुभयो । कार्यक्रममा क्यालिफोर्नियामा बसोवास गर्ने करिब दुई सय भन्दा बढी नेपालीको सहभागिता रहेका थियो ।

nandita ji 2

nepal1

 

Nepal Day

प्रतिक्रिया