शुक्रबार, माघ १४ २०७८
काठमाडौं १५:००
वासिङटन डिसी 04:15

आहा, रारा गोल्डकप फुटबल प्रतियोगितामा १५ लाखभन्दा बढी बचत

इनेप्लिज २०७२ असार १९ गते १२:२७ मा प्रकाशित

पोखरा, १९ असार । सहारा क्लब पोखराको आयोजनामा गत वर्षको माघ २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा भएको तेह्राँै आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा रु १५ लाख ४५ हजार ७६४ बचत भएको छ ।

उक्त प्रतियोगितामा रु ६९ लाख ४३ हजार २६७ आम्दानी र रु ५३ लाख ९७ हजार ५०३ खर्च भएको थियो ।

क्लबद्वारा आज यहाँ आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा मुख्य प्रायोजक हिमश्री फुट्स प्रालिबाट रु नौ लाख, गेट टिकटबाट रु २३ लाख ६१ हजार ८३८, सिजनल टिकटबाट रु एक लाख ७७ हजारलगायत आम्दानी भएको थियो ।

प्रतिक्रिया