मंगलबार, माघ ४ २०७८
काठमाडौं १८:३०
वासिङटन डिसी 07:45

‘लिपुलेकमा दह्रो गोडा टेकी कूटनीतिक प्रयास सुरु’

इनेप्लिज २०७२ असार १९ गते १२:२३ मा प्रकाशित

Rss_Images_1436005504916_PM-Ktm-sammanकाठमाडौँ, १९ असार । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सरकारले लिपुलेकका विषयमा दह्रो गोडा टेकी कूटनीतिक प्रयासबाट समस्या समाधान गर्न लागिपरेको बताउनुभएको छ ।

काठमाडौँको उत्तरपूर्वी भेगस्थित भद्रवासको सहिद आदर्श क्याम्पस र आदर्श उमाविले आज आयोजना गरेको प्रवेशिका उत्तीर्ण विद्यार्थीका लागि आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाली भूभागको संरक्षणका लागि सरकार प्रतिबद्ध छ, यसमा सबै राजनीतिक दलको सहयोग आवश्यक छ भन्नुभयो ।

उहाँले अबको शिक्षा व्यक्तिमा अन्तरनिहित क्षमता प्रस्फुटन गर्न सहयोग गर्ने किसिमको हुनुपर्नेमा पनि जोड दिनुभयो ।

सभासद् रामेश्वर फुयाँलले संविधानको मस्यौदामा लिङ्ग पहिचानपछि भ्रूणको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरिएको बताउनुभयो । संविधानसभाबाट साउन १५ भित्रै संविधान आउनेमा उहाँले ठोकुवा गर्नुभयो ।

सो अवसरमा कागेश्वरी मनहरा र गोकर्णेश्वर नगरपालिकाका दुई दर्जन विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्ने विद्यार्थीलाईसम्मान गरिएको थियो । कार्यक्रममा प्रा डा विदुर चालिसे, कागेश्वरी मनहरा नगरपालिकाका कार्यकारी प्रमुख पुरुषोत्तम अधिकारी, भद्रवास गाविसका पूर्वअध्यक्ष विष्णुदेवी पुडासैनी, आयोजक उमाविका प्राचार्य विष्णु फुयाँल र मिनील्यान्ड विद्यालयका प्रअ मणिराम वाग्लेलगायतले जीवनोपयोगी शिक्षा अहिलेको आवश्यकता भएकामा जोड दिनुभएको थियो ।

कार्यक्रममा कलाकारद्वय मनोज गजुरेल र श्रीकृष्ण सिंखडाले हास्यव्यङ्ग्यात्मक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया