धादिङको झार्लाङमा खानेपानीको समस्या

इनेप्लिज २०७२ असार १९ गते ३:४५ मा प्रकाशित

Drinking-Waterगजुरी (धादिङ), १९ असार । उत्तरी धादिङको झार्लाङ गाविस–२ को पाँचवटा टोलमा अहिले चरम खानेपानीको समस्या भएको छ ।

झार्लाङ–२ सेन्छु, लुङगुलो, नेक्सा, गङदेन, सिनसार, याम्चेत टोलका १४६ घरधुरीका मानिस खानेपानीको चरम सङ्कटमा परेका हुन् । झार्लाङवासी अहिले गाउँबाट तल उन्गुल भन्ने स्थानमा दुई घन्टा टाढा पानी लिन जानुपर्ने बाध्यता भएकाले अड्कल गरेर पानी खानुपर्ने अवस्था आएको शिक्षक नवराज गिरीले बताउनुभयो ।

गत वैशाख १२ गतेको भूकम्पको कारण पानी ल्याउने स्थानमा पहिरो गएपछि अहिले त्यहाँका नागरिकको काम नै पानी बोक्ने भएको छ । बिहान उठेदेखि साँझसम्म महिलादेखि बालबालिका डोकोमा पानी बोकिरहेका हुन्छन् शिक्षक गिरीले भन्नुभयो ।

प्रतिक्रिया