अमेरिकामा किन बिद्यार्थीहरु अधुरोमा छोडछन् बिद्यालय

इनेप्लिज २०७२ असार १९ गते २:१२ मा प्रकाशित

bj (3)

भानिन्छ कि पढेर जानिन्छ कि परेर जानिन्छ l ज्ञान हासिल गर्न पढ्नै पर्छ l पढेर जान्ने हुदा फ़ाईदै फाइदा हुन्छ भने पढेर केहि बेफाइदा हुदैन l शिक्षा नै ज्ञानको ज्योति हो l यो ध्रुब सत्य हो कि शिक्षा बिना जीवन अन्धकारमय हुन्छ l शिक्षा बिना जीवनको परिकल्पना पनि गर्न सकिदैन l विश्व कै सबै भन्दा उत्तम विश्व बिद्यालय मध्ये कै उत्कृष्ट विश्व बिद्यालय भएको राष्ट्र अमेरिकामा लाखौ लाख मानिस अध्ययन कै लागि आउने गर्छन l ओइरो लागेको लागै छ l

अमेरिकी सरकारले ज्ञानको ज्योति सबैले लिन पाउन भनि १ कक्षा देखि १२ कक्षा सम्म निशुल्क गरेता पनि लाखौ लाख बिद्यार्थीहरु पढाईलाई अधुरो पार्दै पाठशाला छोड्ने गरेका छन् l पढ्दा पढ्दै अपुरोमा नै पाठशालामा छोडछन् l गयल हुदा हुदै गर्दा पढाईलाई पूर्ण रुपमा  तिलान्जली दिन्छन l उच्च बिद्यालय (१२ कक्षा सम्म )नपुगी नै अध्ययन बन्द गर्छन l

अमेरिकामा यस कारण अधुरोमा पाठशाला त्याग गर्छन :

सरकारले १२ कक्षा सम्म पढ्न निसुल्क तथा खानपानको व्यवस्था गरे पनि किन अधकल्चो मै छोड्न बाध्य हुन्छन युवा किसोर किसोरिहरु अमेरिकामा l विश्वले देख्दा अमेरिका सम्पन्न भएता ठुलो जनसंख्या र परिवार भएको कारण आर्थिक बोझ तथा गरीबीको कारण आर्थिक बोझ थाम्न नसक्ने भए पछि ” पढाईको मारो गोलि ” भनि छोडछन् l

एउटा तथ्यांक अनुसार घरको अस्थिर वातावरण ,उपेक्षित ,दुर्व्यवहार,पारिवारिक मृत्यु तथा अन्य विनाशकारी घटनाको कारण बिद्यार्थीहरु पाठशाला छोड्ने गरेको बताएको छ l अमेरिकाको टफ्स विश्व बिद्यालयले ३ हजार युवा तथा २ सय भन्दा ज्यादा उच्च गरिबी समुदायसंग लिएको सर्वेक्षण तथा अन्तर्वार्ताको निचोड के निकालेको छ भने नकारात्मक गिरोह (झुण्ड )को प्रभावको कारण घर तथा बिद्यालयमा मनोमालिन्य हुने भएकोले बिद्यालय अपुरो गर्न देखाएको पनि छ l

यसको अतिरिक्त एक स्थान बाट अर्को स्थानमा सर्ने ,बिद्यालय परिवर्तन ,घरबार बिहिन ,अनुत्तरदायी अभिभावकको कारण पढाई छोड्न बाध्य हुन्छन अर्को कारण जसलाई आफ्नो ठानेर शरण लिएकाले तिरस्कार गरेको कारण पनि १२ कक्षा नपुग्दै छोड्न बाध्य भएको आंकडाले देखाएको छ l

धेरै दिन सम्म गयल भ्याए पछि बिद्यालय जान न माने को कारण ,धेरै जना उदासी(डी प्रेसन )भएको कारण ,पढाईमा रुची नभएको कारण तथा झगड़ालू स्वभाव भएको कारण तथा आमा बुवाको सम्बन्ध बिच्छेदले पनि केहि असर पर्नेको कारण पढाई छोड्ने देखिएको छ l

एक सर्वेक्षण अनुसार घरलाई आर्थिक सहयोग गर्न र घरका सदस्य बिरामी परेको अवस्थामा बाध्य भै काम गरेन भने मुखमा मांड लगाउन नसकिनेको कारण बिद्यालय छोड्ने देखाएको छ l यसको अतिरिक्त विश्वसनीय तथा सुरक्षित घर तर्फको खोजीमा काम गर्नु पर्ने अपरिहार्य भएकोले पाठशाला छोड्ने देखिएको छ l अमेरिकामा १८ बर्ष देखि अभिभावक संग नबस्ने तथा घर छोड्ने भएको कारण अधिकांस युवाहरु खराब वातावरणमा फ़स्दछन अनि कमाउने ध्येयले बिद्यालय छोड्ने गरेको पनि आँकडाले देखाएको छ l

यस्तो छ बिश्वको उत्कृष्ट राष्ट्र अमेरिकामा १२ कक्षा नपुग्दै छोड्नेको आंकडा :

अमेरिकामा मात्र प्रत्येक बर्ष १२ लाख लाख भन्दा ज्यादा बिद्यार्थीहरुले पढाई बिच मै छोडछन् l जस अनुसार प्रत्येक २६ सेकेन्ड अथवा प्रत्येक दिन ७ हजार बिद्यार्थीले बिद्यालय छोड्ने गरेको आंकडाले देखाएको छ l अमेरिकामा आश्चर्यको कुरा के छ भने करिब २५ प्रतिसत बिद्यार्थीहरु उच्च बिद्यालय समय भित्र उत्रीण हुन् असफल हुन्छन l

विश्व कै उत्कृष्ट उत्रीण दर भएको २७ वटा बिकसित मुलुकको तुलनामा अमेरिका २२ औ स्थानमा परेको देखाएको छ l यसै गरि ९० को दशक देखि २०१० सम्म अमेरिकामा उच्च बिद्यालय छोड्ने दर १२. १ प्रतिसत बाट घट्न गै ७.४ प्रतिसतमा झरेको तथांक रहेको छ l यो झन्डै ३ प्रतिसतले कम हुन् पुगेको छ l

यस क्रममा अमेरिकामा रहेका लेटिनो छात्र छात्राहरुमा उच्च बिद्यालय सफल गर्ने संख्यामा निकै वृद्धि भएको देखिएको छ l २००६ मा ६१.४ प्रतिसत उपाधि प्राप्त गरेका थिए भने २०१० मा आएर ७१.४ प्रतिसतले पाठशाला उत्रीण गरेका छन् l तथापी एसियन अमेरिकन तथा गोरा अमेरिकन बिद्यार्थीहरु लेटिनो र अफ्रिकन अमेरिकन बिद्यार्थीको तुलनामा ज्यादा उच्च बिद्यालय उत्रीण हुने गरेका छन् l

१२ कक्षा नपुग्दै छोड्ने बिद्यार्थीले जीवन कालमा २ लाख डलर कम आम्दानी गर्छ भने कलेज (महा बिद्यालय )को उपाधि लिएको बिद्यार्थीले भन्दा १० लाख कम आम्दानी गर्छन l २०१० मा गरिएको सर्वेक्षण अनुसार ३८ वटा राज्यहरुमा उच्च बिद्यालय उत्रीण गर्नेको संख्या उच्चतम रहेको थियो l यसै गरि भरमन्ट राज्यबाट ९१.४ प्रतिसत बिद्यार्थीहरु उत्रीण हुन् सफल भएको देखाएको छ भने नेवादा राज्यमा १२ कक्षा उत्रीण हुनेको प्रतिसत केवल ५७.८ प्रतिसत रहेको थियो l

अमेरिकाको झन्डै २ हजार उच्च बिद्यालयबाट ६० प्रतिसत भन्दा कम बिद्यार्थीहरु १२ कक्षा उत्रीण हुन्छन l ६ बिद्यार्थीमा १ बिद्यार्थी १० कक्षा नपुगी छोड्ने गर्छन भने ३ मा १ अल्पसंख्यक बिद्यार्थी(करिब ३२ प्रतिसत ) त्यहि छोड्ने झुण्डमा प्रवेस गर्छन l यसरि अधुरो मै पढाई छोड्ने बिद्यार्थीहरु मध्ये ७५ प्रतिसत अपराध गतिमा संलग्न हुने गरेको देखाएको छ l

प्रतिक्रिया