सोमबार, माघ ३ २०७८
काठमाडौं ०२:५९
वासिङटन डिसी 16:14

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा ओबामालाई बधाई

इनेप्लिज २०७२ असार १९ गते १:२३ मा प्रकाशित

barak-obamaकाठमाडौँ, १९ असार । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा त्यहाँका राष्ट्रपति बाराक एच ओबामालाई आज बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपति डा यादव र प्रधानमन्त्री कोइरालाले छुट्टाछुट्टै बधाई सन्देश पठाई राष्ट्रपति ओबामाको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै अमेरिकी जनताको उन्नति र प्रगतिको कामनाका साथ दुई देशबीच विद्यमान सम्बन्ध आगामी दिन अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया