सन् १९९६ देखि अमेरिकामा साइन्स इन हेल्थ केयर म्यानेजमेन्ट विषयमा ब्याचलर डिग्री पढेर स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी नारायणगढकी मौसमी श्रेष्ठले चितवनका पहाडी गाविसका बालबालिकाका लागि स्टेशनरी सामग्री सहयोग गरेकी छन् ।
वैशाख १२ को भूकम्पबाट पीडित कविलास–१ भार्लाङस्थित राष्ट्रिय प्राथमिक विद्यालयका १ देखि ५ कक्षासम्मका बालबालिकाहरुका लागि फर्निचर, स्कुल ब्याग, स्टेशनरी सामग्री तथा घडी सहयोग गरेकी छन् । नारायणगढ लेडी जेसिजको स्थापना दिवसका अवसरमा उक्त सामग्री हस्तान्तरण गरिएको होे ।
प्रतिक्रिया