शुक्रबार, माघ ७ २०७८
काठमाडौं १९:२८
वासिङटन डिसी 08:43

चीनमा शक्तिशाली भूकम्प

इनेप्लिज २०७२ असार १८ गते १२:४७ मा प्रकाशित

China_Taiwan_Fluegeकाठमाडौ, १८ असार । चीनमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको सो भूकम्प चीनको दक्षिण प्रान्तको सिन्जियाङको होतान सहर नजिकै गएको चनियाँ सञ्चार माध्यमले जनाएका छन् । भूकम्प इपिसेन्टर होतान सहरबाट १ सय ६० किलोमिटर उत्तरपश्चिम रहेको बताइएको छ । अमेरिकी भूगर्भ संस्था युएसजिएसले ६.१ म्याग्निच्युडको भूकम्प गएको बताए चिनिया र अन्य सञ्चार माध्यमले ६. ५ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । बिहान नेपाली समय अनुसार ६ बजेर ५२ मिनेटमा भूकम्प गएको थियो । क्षतिको विबरण अझै आइसकेको छैन ।

प्रतिक्रिया