शुक्रबार, माघ १४ २०७८
काठमाडौं १४:१३
वासिङटन डिसी 03:28

अपाङ्गता भएकाको राजनीतिक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छु: प्रचण्ड

इनेप्लिज २०७२ असार १८ गते ११:३० मा प्रकाशित

Rss_Images_1434276113788_NG-Npj-Prachandaकाठमाडौँ, १८ असार । एकीकृत नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित हुनुपर्ने मागसहित राष्ट्रिय अपाङ्ग महासङ्घको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले अपाङ्गता भएका नागरिकको सवाल जसरी भए पनि संविधानमा समावेश गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

संविधानको प्रारम्भिक मस्यौदामा अपाङ्गता भएका नागरिकको राजनीतिक अधिकार र समानुपातिक प्रतिनिधित्व छुट भएको हुँदा अनिवार्य रुपमा समावेश गर्नुपर्ने भन्दै महासङ्घले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले समानुपातिक सिटका लागि छुट्याइएका ४० प्रतिशतमध्ये अपाङ्गता भएका समुदायका लागि जनसङ्ख्याका आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रान्तीय प्रतिनिधिसभामा समेत पाँच प्रतिशत आरक्षण गरी अपाङ्ग भएकाहरुको प्रतिनिधित्वको अधिकार अनिवार्य रुपमा नयाँ संविधानमा समावेश गर्नुपर्ने माग गर्नुभयो ।

नेपालको कुल जनसङ्ख्याको करिब ३० लाख अपाङ्गता भएका व्यक्ति छन् ।

प्रतिक्रिया