इनरुवा, १८ असार । सप्तकोसीमा पानीको बहाव घटेको छ । दुई दिन अगाडि पहाडी क्षेत्रमा वर्षा भएपछि एक्कासि बढेको पानीको बहाव आज बिहानैदेखि घट्ने थालेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
सोमबार बेलुकी ६ बजे मापन गर्दा एक लाख ५७ हजार क्युसेक पानी बगेको भए पनि शुक्रबार बिहान १० बजे एक लाख तीन हजार क्युसेक पानी बगेको कन्ट्रोल रुमले जनाएको छ ।
कोसी नदीमा पानीको बहावमा घटबढ हुने भएका कारण सुनसरीमा कुनै खतरा नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो ।
कोसीमा एक लाख ५० हजार क्युसेक पानीको बहाव भएपछि खतराको चिह्न स्वरुप रातो बत्ती बालिने र दिउँसो रातो झन्डा फहराइने गरिन्छ ।
प्रतिक्रिया