बिहिअर अषाढ १७,
सुनिल श्रेष्ठ : एकिकरण पछि काठमाडौँ उपत्यकामा हिन्दुवाद लागु गरियो र बौद्ध धर्म नष्ट गरियो भनेर आरोप लगाउनेहरुलाई एक दह्रो झापड बनेर आएको छ एक ऐतिहासिक बौद्ध ग्रन्थ ,जुन अहिले क्याम्ब्रिज विश्व बिद्यालयको पुस्तकालय सुरक्षितरुपमा रहेको छ | जुन ग्रन्थ १००० बर्ष पहिले लेखिएको छ अर्थात् सन् १०११ मार्च ३१,काठमाडौँमा । अनि त्यो ग्रन्थ प्राचिन भाषा संस्कृतमा छ | यहि उदाहरण काफी छ हिन्दुवाद माथि आरोप लगाउनेहरुको लागि ।
बौद्ध धर्मको एक प्राचीन गन्थ लण्डनको क्याम्ब्रिज विश्व बिद्यालयको पुस्तकालयमा सुरक्षित रहेको छ |नेपालमा गएको महाभूकम्पमा परि नेपालको बौद्ध सम्पदाहरु नष्ट भए पनि सो महत्वपूर्ण पुस्तक सो पुस्तकालय पूर्णरुपमा सुरक्षित भएको भन्दै सो विश्वबिद्यालयको वेब साइटमा जनाएको छ ।
सो ग्रन्थलाइ आफ्नु अत्यन्त मुल्यवान र ऐतिहासिक सम्पति रहेको क्याम्ब्रिज विश्वबिद्यालयले जनाएको छ । आज भन्दा १४० बर्ष अघि त्यो बहुमुल्य ग्रन्थ सो पुस्तकालयमा पुगेको रहेछ । सन् १८७६ मा काठमाडौँमा रहेको ब्रिटिश इष्ट इन्डियाको दुताबासका एक कर्मचारी डाक्टर डानियल राइटले सो ग्रन्थ क्याम्ब्रिज विश्वबिद्यालयलाइ बेचेको जानकारी पनि दिएको छ ।
सो ग्रन्थ संस्कृत भाषामा रहेको छ । सो ग्रन्थमा त्यो बेलाको बौद्ध धर्म सम्बन्धि महत्वपूर्ण सूचनाहरु रहेको पनि जानकारी पनि सो वेब साइटले दिएको छ ।
सो ग्रन्थ २२२ शिट एक बिशेष प्रकारको पातमा लेखिएको छ ,जसलाई सो विश्व विश्वबिद्यालयमा Perfection of Wisdom in Eight-Thousand Stanzas नाम दिएको छ । सो पुस्तकको लेखक या निर्माता “”सुजाताभद्र”” रहेको जनाएको छ ,सुजाताभद्र त्यो बेलाको प्रख्यात काष्ठकलाको ज्ञाता रहेको जनाएको छ ,साथै उनको संजाल अत्यन्त दह्रो रहेको पनि उलेख गरेको छ । र उनले सन् १०११ मार्च ३१ मा सो ग्रन्थ पुरा गरेको जनाएको छ । सो ग्रन्थको संस्कृतमा नाम “”अष्टसहाश्रीका प्रज्नापरमिता”” हो ,यो एक हस्त लिखित पाण्डुलिपि हो ।
सन् ११३८ मा काठमान्डौ उपत्यकामा भएको सत्ता शक्ति संघर्षमा सो पाण्डुलिपि ग्रन्थलाइ जोगाउनु निकै मुस्किल परेको तर “करुणाबज्र” नामक एक बौद्ध भिक्षुले जोगाएको पनि जानकारी दिएको छ ।
सो ग्रन्थमा मध्यकालीन नेपालको राजनैतिक सांस्कृतिक ,बौद्ध इतिहासको वर्णन पनि रहेको छ । कसरी नेपालबाट बौद्ध धर्म चिन ,श्रीलंका हुदै विश्व भरि फैलियो भन्ने इतिहास पनि सो पुस्तकमा उलेखेको भएको वेब साइटले जानकारी दिएको छ । साथै त्यो बेलाको दक्षिणपुर्बी एसियामा भएको गणित ,ज्योतिष बिज्ञान , अन्तरिक्ष विज्ञानमा गरेको प्रगति लगायत अन्य जानकारी पनि रहेको जनाएको छ ,साथै सो ग्रन्थमा प्रयोग भएको सौर्यपात्रो र चन्द्रपात्रोको हिसाबकिताब एकदमै यथार्थपरक रहेको पनि जनाएको छ । सो ग्रन्थमा ८५ वटा उत्कृष्ट चित्रहरु छन् जसले बुद्ध र बुद्धत्वको बिभिन् तरिकाले वर्णन गरेको छ ।
“अष्टसहाश्रीका प्रज्नापरमिता” अहिले सम्म प्राप्त बौद्ध ग्रन्थ मध्ये एक दम पुरानो र ऐतिहासिक ग्रन्थ हो । हाल सो ग्रन्थलाई सुरक्षित राख्नुलाई वातावरण अनकुल कोठाको ब्यबस्था गरिएको छ । साथै थप सुरक्षाको लागि सन् २०१४ देखि यसलाई डिजिटलीकरण गर्नु थालिएको छ ।
सो वेब साइटका अनुसार अझै पनि सो ग्रन्थबाट थुप्रै नया कुराहरु खोज्नु सकिने पनि जनाएको छ ,साथै केहि थप नया अनुसन्धान गर्ने हरुको लागि अत्यन्त उपयोगी हुने पनि जनाएको छ ।
प्रतिक्रिया