अमेरिकामा अंग्रेजीका तीन शब्द जानियो भने अमेरिका कप्लक्क खाईने

इनेप्लिज २०७२ असार १७ गते २३:५४ मा प्रकाशित

bj

अमेरिका यस्तो मुलुक हो जहाँ अंग्रेजी नबोलि सुख नै छैन l भाषा नै अंग्रेजी l यता फर्कियो अंग्रेजी ,उता फर्कियो अंग्रेजी l बच्चा बच्चाले अंग्रेजी पनि बोल्न जान्दछन भनि नेपालका एक मन्त्रिले अमेरिकाको भ्रमण गरे पछि उहिले नेपाल पुगे पछि भनेको थिए अरे l कुरा साचो हो या हैन ,दैब नै जानुन l अंग्रेजी नभई र नजानी धर नै छैन l भनिन्छ अमेरिकाका पशुहरुले पनि अंग्रेजी बोल्छन l सिकायो भने बोल्दा पनि हुन् l कोईली चरी र सुँगाले नेपाली पनि बोलेको सुनिएको छ l

ठुलो देश ,ठुलै कुरा पनि हुन् सक्छ l अमेरिकामा हरेक कुरा सम्भव पनि छ l आम मानिसलाई आश्चर्य पनि लाग्न सक्छ l नलाग्नु पनि कसरि ?

यस देशमा जिली गाठी कुरा बुझ्न पनि गार्हो हुन्छ l यो देशमा मकै भुटेको जस्तो भटटट अंग्रेजी बोले पनि हुन्छ ,टुटे फुटेको (ब्रोकेन) अंग्रेजी बोले पनि हुन्छ l बोल्दै नबोले पनि हुन्छ l जाने बोले हुन्छ ,नजाने नबोले पनि हुन्छ l एक शब्द पनि नबोले पनि काम चै चल्छ र जीवन यहि पनि बित्छ l लाटा लाटी हुनु पर्यो नबोल्दा पनि हुन्छ l

अमेरिकामा छिरियो भने मात्र प्रारम्भिक चरममा अंग्रेजी जानेको छैन भने अंग्रेजीका तीन शब्द जान्न जरुरि छ l त्यो हो ,येस ,नो र नेक्स्टप्लिज l नेपालीमा हजुर ,हैन /छैन र नेक्स्ट प्लिजको अर्थ अर्को मान्छे आई दिनु कृपया भन्ने अर्थमा लाग्दछ l यी तीन शब्दहरु खेलाउन सके तपाईले अमेरिका कप्लक्क खानु हुन्छ l अजिङ्गरले ठुलो मृगलाई खाए जस्तै l यी येस ,नो र नेक्स्ट प्लिज यति महत्वपूर्ण छन् कि तपाई अंग्रेजी मै बिद्या वारिधि गर्नु भएको र साहित्यमा पनि प्रकाण्ड बिद्धवान हुनु हुन्छ भने यी तीन शब्द खेलाउनेले तिरीखिरि पारी दिन्छ l

धेरै जान्नु नै पर्दैन l गाडीको ईन्धन हाल्न जानु पर्यो भने कोहि हुदैन औलाको खेल हो ,कसै संग अंग्रेजी पनि बोल्नु परेन , जे भन्छ त्यहि गर्यो भने सफल हुईञ्छ l तरकारी दोकानमा जानु भयो भने नेपालका बिशाल बजार (मल )जस्तै सबै पैसा त्यहि लेखेको हुन्छ l थपक्क टिप्नु पैसा भन्छन उधारो पत्र )क्रेडिट कार्ड ) दियो कुरो सकियो l

अंग्रेजी बोल्न नै परेन l अन्य ठाउंमा काम गर्नु पर्यो ,चुपो लागेर काम गर्दा पनि काम नचल्ने हैन काम चल्छ l गाडी कुदाउनु भयो बोल्ने पर्दैन l कुनै दोकानमा जानु भयो एउटा भारतीय नागरिक ,पाकिस्तानी नागरिक या नेपाली कतै न कतै भेटिन्छ l त्यहाँ पनि अंग्रेजी खासल्नै परेन l बिल(बिजक )को चुक्ता गर्नु पर्यो नेपाली बुझने या हिन्दि बोल्ने मानिस छन् भनि सोध्यो भने काम त्यहाँ पनि चल्यो l त्यहाँ पनि येस ,नो र नेक्स्ट प्लिज को ठाउँमा अर्को चिज केहि भन्दा काम चल्ने नै भयो l

तपाईलाई तिर्खा लाग्यो पैसा खुत्रुके बाट हाल्यो तिर्खा मेट्यो कसै संग बोल्न नै परेन l अधिकांश ठाउँमा मानिस नै हुदैन l यन्त्रले आफै काम गरि दिन्छ l त्यहाँ त झन् अंग्रेजी नै बोल्नु परेन l येस नो नेक्ट्स प्लिज चलाउनु परेन l तेल हाल्न जादा पैसा लिनेले पैसा यति भो भन्छन यदि लाममा ग्राहक बसेको छन् भने अंग्रेजी जानेन भने नेक्स्ट प्लिज भनि दियो टनटा साफ l काममा यो काम गरिस भनेर सोध्यो भने यस या नो भन्ने पर्छ lखाना खाइस भने पनि खाए भने यस भन्नै पर्छ ,खाईन भने नो भन्नु पर्छ l त्यहाँ जा यो लिएर आइज भन्छन यस र नो गर्ने पर्यो यसरि यी ३ शब्दले अमेरिका खाएको नै छ l

अमेरिकामा केहि शब्द जानेर पनि अमेरिकामा यहि प्राण त्यागेका पनि छन् l एक अक्षर पनि नपढी अमेरिकाको नागरिकतामा १ सय वटा प्रश्न घोकेर अमेरिकन नागरिक पनि लिएका छन् l भुटानी शरणार्थीकि एक महिला उदाहरण बनिन l चिनियाहरुले त्यति पनि नजानी अमेरिकाको नागरिक लिएका कैयौ उदाहरण छन् l

बिश्वका कैयौ मुलुकका नागरिकहरु नेपालीहरुको तुलनामा कम्जोर जस्तो पनि देखिएको छ l कैयौले यहि भाषाको अबरोधको कारण जागिर पाएका हुदैनन् l येस ,नो र नेक्स्ट प्लिजले मात्र तपाई कालो चिल्लो घुम्ने कुर्शीमा बसी जागिर खान पाउन मुस्किल हुन्छ l अमेरिका जान रहर छ र काम गरि अलिक कमाएर नेपाल फर्कन चाहना छ भने यी तीन शब्द र टुटे फुटेको अंग्रेजी जानेको छ भने बेपत्ता संग काम चल्छ l जीवन धान्न सकिन्छ l

अंगेजी नै सबै चिज हैन ,तर हो पनि l अंग्रेजी बिना सास पनि फेर्न सकिदैन l अंग्रेजी अमेरिकामा जानिएन भने नेपालको कुकुरको दशा पाईन्छ l भाषा अनिवार्य जान्न जरुरि छ तर अपबादमा नजाने पनि हुन्छ l यी तीन शब्द जाने भने तपाईलाई अंग्रेजी आउदो रहेछ भन्ने भान पनि पर्न सक्छ किनभने अंग्रेजी आएन भने अमेरिकामा खिल्ली उडाईदैन l अमेरिकनहरुले अझ मद्धत गर्छन l

काममा अधिकांश ठाउँमा दोभासेको व्यवस्था गरिएको हुन्छ l झन् सुनमा सुगन्ध l धारा प्रबाह अंग्रेजी बोले मात्र काम पाउने मात्र पनि हैन l कुरा बुझ्नेलाई गहिरो नबुझ्नेलाई घर छेउमै पहिरो जस्तो हुन्छ l

अमेरिकामा प्रत्येक १० जनामा १ जनाले धारा प्रवाह अंग्रेजी बोन सक्दैनन् l झन्डै १ करोड ९० लाखले अमेरिकामा धारा प्रबाह बोल्न सक्दैनन् lअमेरिकाको तथ्यांक अनुसार अमेरिकामा ५ जना मध्ये १ जनाले आफ्नो घरमा बिदेशी भाषा मात्र बोल्छन l र उर्दु र अरबिक भाषा अत्यन्तै वृद्धि हुदै गएको देखाएको छ l जस अनुसार क्यालिफोर्नियाका झन्डै आधा भन्दा बिद्धार्थीहरु अंगेजी भाषा भन्दा अन्य बिदेशी भाषा बोल्दछन भने टेक्सास र नेवदामा पनि यस्तै असर परेको छ l

अंग्रेजी भन्दा स्पानिश भाषा झन्डै अमेरिकामा ३८.४ मिलिएन निवासीले बोल्दछन भने झन्डै कुल जन संख्याको १२ प्रतिसतले घरमा स्पनिश बोलेको पाइएको छ l अर्को आश्चर्यको कुरा डिसीका ५ बर्ष बिद्यालयका बिद्यार्थीहरु घरमा अरु भाषा बोल्ने गरेको पनि देखाएको छ l

म्यारिल्याण्ड राज्यमा १६.७ १४.४ प्रतिसत र भर्जिनियामा १४.४ प्रतिसत अन्य भाषा घरमा मात्र बोलिन्छ जसको कारण अंग्रेजी कमजोरी हुन सक्ने आंकडाले देखाएको छ l यी ३ शब्द जाने भने अमेरिका कुप्लिक्क खाईने रहेछ भनि पढ्दा पढ्दै छोड्नु भन्ने अर्थमा हैन ,किन अंगेजी भाषा सिक्नु पर्यो भन्ने तर्फ पनि लाग्नु पनि आफु लाई पछाडी धकेल्नु हो l

यहाँ आउदा खारिएर ,अंगेजी भाषामा प्रकाण्ड बिद्धवान भएर हरेक कुरा जानेर आए माथिल्लो कामहरु पाईने बढी सम्भावना हुन्छ l तिन अक्षरले काम पनि चलेको अर्थमा कलम चलाएको मात्र हो l अब नेपालीहरुको अंग्रेजी भाषा राम्रो भएको छ l यी ३ शब्द भन्दा धेरै जान्ने र धारा प्रबाह बोल्न सक्ने नेपाली समुदाय भएका छन् l भाषा राम्रो भयो भने तपाई बिक्नु हुन्छ र राम्रो ,मध्यम काम पाउनु हुन्छ नत्र अलिक सामान्य मानिसले जीवन चलाउन गरिने काम जस्तो मात्र तपाईको पुर्पुरोमा पर्छ l

यदि त्यहि ३ शब्दमा मात्र सिमित रहन चाहनु हुन्छ भने यहाले अमेरिकामा झम्पल ,खन्ती ,कुटो ,कोदालो ,चलाउनु पर्ने हुन्छ l यसको साथै खडकुला जस्ता ठुला भाडा ,भडडु भाडा आदिमा जुनी जाने हुन्छ त्यसको ठिक बिपरित धारा प्रबाह अंग्रेजी जान्ने तथा हाडीमा मकै भुटेको जस्तै भटटट् गर्नु हुन्छ भने अमेरिकाका राष्ट्रपति बस्ने सेतो घर भवन , मंगल ग्रह सम्म मानव यान पुर्याउने संस्था नासा तथा बिश्व बैंकमा समेत काम गर्न अवसर पाउनु हुनेछ l

धारा प्रबाह संग अंग्रेजी बोल्नेको भन्दा त्यति बोल्न जान्नेले कम्तिमा पनि २५ देखि ३० प्रतिसत कम तलब कमाउने गरेको देखाएको छ l अब त्यहि तीन चिजमा मात्र अल्झने कि ? वाशिंगटन डिसी अवस्थित राष्ट्र पति भवन सेतो घर सम्म पुग्ने ? यो सबै हाम्रो मेहनतमा भर पर्छ l यस नो र नेक्स्ट प्लिज जाने अमेरिका पुरै कप्लक्क खाए पनि अरुले भनेको चै बुझ्ने चाही हुनै पर्छ l नत्र साहुले कठालो समातेर या किलकिले समातेर बरखास्त गर्ने पनि अवस्था आउन नसक्ला भन्न सकिन्न अब निर्णय हामीले आफै गर्ने कि ?

प्रतिक्रिया