शनिबार, माघ ८ २०७८
काठमाडौं १४:३७
वासिङटन डिसी 03:52

चेपाङ्ग संरक्षण केन्द्रलाई सहयोग

इनेप्लिज २०७२ असार १७ गते १३:०० मा प्रकाशित

असार १७
पत्रकार अनिता अर्यालले आफ्नो छोरा अंशुम लामिछानेको जन्मदिनको अवसरमा आज पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रलाई १ थान कम्प्युटर र २ बोरा चामल सहयोग गर्नुभएको छ । पत्रकार अर्यालले यसअघि पनि केन्द्रलाई विभिन्न किसिमको सहयोग गर्दै आउनुभएको छ । चेपाङ्ग बालबालिकाहरुले पनि कम्प्युटर शिक्षा प्राप्त गरुन भन्ने उद्देश्यले छोराको जन्मदिनको अवसरमा चेपाङ्ग बालबालिकाहरुलाई कम्प्युटर प्रदान गरेको पत्रकार अर्यालले बताउनुभयो । उहाँले आफ्नो छोरासहित केन्द्रमै पुगेर सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । केन्द्रमा हाल चितवन, धादिङ्ग, गोर्खा र मकवानपुरका गरी १ सय २ जना चेपाङ्ग बालबालिकाहरु आश्रय लिई नजिकैका सरकारी विद्यालयहरुमा अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया