सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:५०
वासिङटन डिसी 17:05

जुनमा अफगानिस्तानमा १६० मारिए

इनेप्लिज २०७२ असार १७ गते १२:५६ मा प्रकाशित

afaganistan-1024x722काबुल, १७ असार । अफगानिस्तानमा जुन महिनामा कम्तीमा पनि १६० जना अफगान नागरिकको ज्यान गएको समाचार छ ।

अफगानिस्तानमा जुन महिनामा मात्र १६० जना मारिएका छन् । तालिवानहरुले गरेको आक्रमणका क्रममा ती अफगान नागरिक मारिएका समाचारमा जनाइएको छ ।

यस महिनामा मात्र २८० जना सर्वसाधारण घाइते भएका पनि सो समाचारमा उल्लेख गरिएको छ ।अधिकारीहरुले अफगानिस्तानबाट नेटो सैनिक फर्किएपछि केही महिनामा यति धेरै नागरिक मारिएका जनाएका छन् ।

गएको जुन माहिनामा मात्र तालिवानहरुले अफगानिस्तानमा करिब २० वटा बम हमला गरेका थिए । त्यसैगरी सो समयमा उनीहरुले त्यतिकै सङ्ख्यामा आत्मघाती हमला गरेका पनि बताइएको छ ।गत मङ्गलबारमात्र पनि महिनाको अन्तिम दिन अफगानिस्तानका विभिन्न चार वटा क्षेत्रमा तालिवानहरुले शक्तिशाली बम हमला गरेका थिए ।

उनीहरुले मङ्गलबार राजधानी काबुलमा पनि शक्तिशाली हमला गरेका थिए । सो हमलामा परी काबुलमै दुई जना सर्वसाधारणको ज्यान जानुका साथै अरु दुई अमेरिकी सैनिक घाइते भएका थिए ।गएको जनवरी १ देखि अफगानिस्तानबाट नेटो सैनिकले बिदा लिएको छ र त्यहाँको सुरक्षाको जिम्मेवारी अफगानिस्तानको राष्ट्रिय सेना र प्रहरीले लिएको छ ।

तर पछिल्लो समयमा अफगानिस्तानमा तालिवानहरुले आक्रमणलाई झन शक्तिशाली पार्दै आएका छन् । उनीहरुले विभिन्न समयमा विभिन्न स्थानमा हमला गर्ने गरेका छन् ।

अहिले पनि अफगानिस्तानमा कम्तीमा पनि १३ हजार विदेशी सेना रहेका छन् । ती सबै अमेरिकी सेना हुन् । तर उनीहरु युद्ध मैदानमा छैनन् र अफगान सेना र प्रहरीलाई सहयोग गर्दै आएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया