दीपकराज गिरीको कृषिमन्त्रीलाई व्यङग्यः आगो छुनु, ‘आइमाइ’ नछुनु !

इनेप्लिज २०७२ असार १७ गते १२:२५ मा प्रकाशित

DSC05715-800x532काठमाडौं । कृषिमन्त्री हरिप्रसाद पराजुलीको हर्कतप्रति चर्चित कलाकार दीपकराज गिरीले झटारो हानेका छन् । नेपाल टेलिभिजनको साप्ताहिक हास्य टेलिश्रृंखला तितो सत्यका कलाकार दीपकराजले विहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै कृषिमन्त्री पराजुलीलाई ‘आगों छुनु, आइमाइ नछुनु !’ भनी व्यंग्य हानेका हुन् । यस्तो छ दीपकराज गिरीको फेसबुक व्यंग्य : आज म लेख्दैछू…. आषाढ़ १५ धान रोप्ने मुख्य दिन । रोपेको फल्न ४ महिना लाग्नुपर्ने हो तर मन्त्री हरि पराजुलीले जे रोपे त्यस्को पर्सी पल्टै फल्यो । छदॉ खॉदाको मन्त्री पद बदनामीको हिलोमा गाडियो । एमालेले सहि निर्णय पनि लियो । तर यसमा ठूलो पाठ लुकेको छ, म लगायत सबै पुरूषका लागि शिक्षा हुन सक्छ सायद यो घटना । आगों छुनु, आइमाइ नछुनु ! भ्रष्टाचार गर्या भए बरू अदालतबाट प्रमाणित हुनु पर्थ्यो, लामो प्रक्रियापछि मात्र पद जान्थ्यो, महिला छोको ४८ घन्टामै जागिर चट । कस्तो रहेछ यो ? महान आशाराम । क्षणभरमै निराशाराम बन्न पूगे । विल किल्नटनमा लेवेन्सकि चन्द्रमा मा दाग झै बनिन् । बिश्वामित्र त्यहि महिला प्रेमबाट साधुबाट आलु भए । त्यसैले नयॉ आउने कृषि मन्त्रीज्यू साउन १५ मा खेत गोड्न पनि बोलाउँलान् तपाइलार्इ । साउन १५ मा मन्त्रीज्यू दॉया बॉया नहेरी खेत गोडनु राम्री महिलाहरू आएमा मुखतिरै नहेरी हात जोडनु आजलाई यतिमात्रै ।

प्रतिक्रिया