नेपालीघरका सबै पदाधिकारी निर्बिरोध निर्वाचित

इनेप्लिज २०७२ असार १७ गते ६:५६ मा प्रकाशित

logo[1]जुलाई १,२०१५कोलोराडो, अमेरीका
कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपालीघरको कार्य समितीको सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् ।
यसरी निर्बिरोध निर्वाचित हुनेहरुमा अध्यक्ष पदमा योगराज गौतम, पब्लिक रिलेसन अफिसरमा कुमार कार्की, टेक्नीकल अफिसर निर्मल श्रेष्ठ, कम्युनीकेसन अफिसरमा नातिबाबु भट्ट रहेका छन् । त्यसैगरी महिला प्रतिनिधी बन्दना कार्की, क्षेत्रीय प्रतिनीधीहरुमा जगदिश ढकाल, लिला ढुङ्गाना र दिनेश श्रेष्ठ रहेका छन् ।
यसअघि संस्थाको कार्यसमितीको बैठकले सुशिल त्रिपाठीको संयोजकत्वमा भुषणलाल श्रेष्ठ, जगन्नाथ गौतम रहेको ३ सदस्सिय निर्वाचन समिती गठन गरि निर्वाचन सम्पन्न गर्ने जिम्मा दिएको थियो । सोही अनुसार निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजानीक गरेको थियो । जसमा जुन २० मा मतदाताको नामावली सार्वजनिक, जुन २१ देखी २४ सम्म पदाधिकारीको लागि आवेदन दर्ता, जुन २५ मा निवेदकहरुको नाम सार्वजनिक तथा दाबी बिरोध, जुन २६ मा अन्तिम नामावली प्रकाशन र जुन २८ मा चुनाव हुने जनाईएको थियो ।
सोही निर्वाचन कार्यतालिका अनुसार सबै पदहरुमा एक एक जनाको मात्र उम्मेद्धारी परेको कारण सवै निर्विरोध निर्वाचित भएको समितीका संयोजक सुशिल त्रिपाठीले बताएका छन् । संस्थाको विधान अनुसार आगामी दुई वर्षे कार्यकालको लागि उनीहरु निर्वाचित भएका हुन् । आगामी आईतबार वर्तमान कार्यसमितीको बैठक बस्नेर सोही बैठकले नयां कार्यसमितीलाई कार्यभार हस्तान्तरण गर्ने तिथी मितीको टुङ्गो लगाउने अध्यक्ष नारायण श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया