तलाउमा डुबेर बालक बेपत्ता

इनेप्लिज २०७२ असार १७ गते ४:५५ मा प्रकाशित

भीमदत्तनगर, १७ असार । दार्चुलाको अपि नगरपालिकाका एक बालक तलाउमा डुबेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अपि नगरपालिका–४ कोटका १२ वर्षीय अकबरसिंह कँुवर बेपत्ता भएका हुन् ।

सोही स्थानमा पर्ने घट्टे खोलामा माछा मार्न गएका कुँवर तलाउमा खसेपछि बेपत्ता भएका हुन् । बालकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया