महिलामाथि अश्लील हर्कत गरेका कृषिमन्त्रीले अन्ततः राजिनामा दिए

इनेप्लिज २०७२ असार १७ गते ४:२५ मा प्रकाशित

Hari-parajuli-2

महिलामाथि अश्लील हर्कत गरेपछि विवादमा आएका कृषिमन्त्री हरिप्रसाद पराजुलीले अन्ततः पदबाट राजिनामा दिएका छन् । पराजुलीले आज बिहान पार्टी अध्यक्ष केपी ओली निवास बालकोट पुगेर ओलीलाई राजिनामा बुझाएको एमाले स्रोतले जानकारी दिएको छ । ओलीलाई राजिनामा बुझाएपछि मन्त्री पराजुली प्रधानमन्त्रीलाई राजिनामा बुझाउन बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया