महिलामाथि अश्लील हर्कत गरेका कृषिमन्त्रीले अन्ततः राजिनामा दिए

इनेप्लिज २०७२ असार १७ गते ४:०७ मा प्रकाशित

Hari-parajuli-2काठमाडौँ, १७ असार । महिलामाथि अश्लील हर्कत गरेपछि विवादमा आएका कृषिमन्त्री हरिप्रसाद पराजुलीले अन्ततः पदबाट राजिनामा दिएका छन् । पराजुलीले आज बिहान पार्टी अध्यक्ष केपी ओली निवास बालकोट पुगेर ओलीलाई राजिनामा बुझाएको एमाले स्रोतले जानकारी दिएको छ ।
ओलीलाई राजिनामा बुझाएपछि मन्त्री पराजुली प्रधानमन्त्रीलाई राजिनामा बुझाउन बालुवाटार पुगेका छन् ।
सदन, समाजिक सञ्जाल र सडकमा समेत मन्त्री पराजुलीको अश्लील गतिबिधिप्रति चर्को अलोचना भएपछि अध्यक्ष ओलीले हिजो नै कृषिमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका थिए ।
Hari-Parajuli1अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमको आग्रहमा पराजुलीले मन्त्री पदबाट राजिनामा दिएका हुन् । मन्त्री पराजुली गृहमन्त्री गौतमको कोटाबाट मन्त्री बनेका थिए ।
एमालेको आफ्नो भातृ संगठन र केही केन्द्रीय नेताहरुले समेत मन्त्री पराजुलीको सार्वजनिक आलोचना गरेपछि पार्टी नेतृत्वमाथि उनलाई राजीनामा गराउन दबाब परेको थियो ।

प्रतिक्रिया