सुन्तलीको जन्मदिनमा पाँच लाख उपहार !

इनेप्लिज २०७२ असार १६ गते १२:०७ मा प्रकाशित

suntali

काठमाडौं, १६ असार । राजु भट्टराईले कुञ्जना घिमिरे ‘सुन्तली’को जन्मदिनमा पाँचलाख रुपैयाँ उपहार प्रदान गरेका छन् । उक्त उपहार कुञ्जनालाई प्रयोग गर्न भने प्रदान गरेका होइनन् । काभ्रेको पाँचखालमा थालनी भएको नव निर्माणको लागि उनले उक्त रकम उपहारस्वरुप प्रदान गरेका हुन् । सगुन डटकम, भद्रगोल र मेरी बास्सै टिमले संयुक्त रुपमा पलान्चोक डाँडागाउँमा पहरी बस्तीको निर्माण गरिरहेको छ । जसको अगुवाई गरिरहेका छन्, धुर्मुस, सुन्तलीले । नवनिर्माण अभियानमा सहयोग पुगोस भनेर आफूले उक्त रकम प्रदन गरेको भट्राईले बताए । निर्माणाधिन पहरी बस्तीको भ्रमणले आफ्नो मन छोएपछि रकम प्रदान गरेको पनि उनले थपे ।

प्रतिक्रिया