चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न र स्टेशनरी सहयोग

इनेप्लिज २०७२ असार १६ गते ११:३७ मा प्रकाशित

रत्ननगर १६ असार

रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षणकेन्द्रलाई खाद्यान्न र स्टेशनरी सहयोग भएको छ ।

केन्द्रलाई युवा संमाज नेपाल र अष्टेलियामा रहेका सुमनरेग्मीको आर्थिक सहयोगमा १०२ थान स्कुल व्याग,६ वोरा

चामल,स्टेशनरी र २ छाक खाना सहयोग भएको हो । युवासंमाज नेपालका अध्यक्ष केशव रेग्मी,खगराज ओझा,सहदेब

लकाद्री,पार्वती घिमिरे,तारानाथ रेग्मी केन्द्रमै पुगेर सोसामाग्री हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी रत्ननगर

उद्योग वाणिज्य संघ रत्ननगरका महासचिव देवेन्द्रकुमारश्रेष्ठले पनि केन्द्रमा आश्रित वालवालिकाहरुलाई स्टेशनरी

सहयोग गर्नुभएको छ । केन्द्रमा १०२ जना चेपाङ वालवालिकाआश्रित छन ।

प्रतिक्रिया