स्वर्ग

इनेप्लिज २०७२ असार १६ गते ८:३८ मा प्रकाशित

15070152arjunस्वर्ग कसैले पनि देखेको छैन अनि स्वर्गबारे नसुनेको पनि सायद कमैले होला । अनि स्वर्ग र नर्कबारे ब्याखा नगर्ने धर्म पनि नहोलान । अजिवको कुरा त त्यति मीठो स्वर्ग: नमरी जान सकिन्न भनिन्छ । अनि त्यो नमरी नदेखिने स्वर्ग र मरे पछि फर्केर नाउने धर्तीको बिचको जिन्दगी नै हाम्रो रहश्य हो जुन कसैले जानेको छैन ।

हिन्दू धर्म अनुसार स्वर्ग अर्थात अमराबती भनेको बैकुण्ठ तर्नु, मुक्ती पाउनु हो जहाँ जिन्दगीको या भनौ चोलाको सर्बोत्तम भोगाइ हुन्छ, सबै राम्रा कर्म गर्नेहरु स्वर्ग जान्छन् । बिष्णुको सरक्षणमा ईन्द्रले राज्य गर्दछन, ईन्द्र देबताहरुका पनि देबता मानिन्छन । जसबारे ह्रिग बेदको भाग १ खन्ड २२ को उपखन्ड २० मा ब्याखा गरिएको छ । “ॐ तद् बिष्णु परम् पादम् सदा पश्यन्ती स्वराय:”

सम्पूर्ण धर्म भन्दा अलग ब्याखा बुद्ध धर्मले गरेको छ स्वर्ग बारे । बुद्धले स्वर्ग र अनन्त जीवन हुने कुरा विश्वाश गर्नु भएको छैन । मान्छेको आफ्नै कम्जोरिलाई मानेर नर्क र स्वर्गको फैसला गर्नु सान्दर्भिक हुँदैन तर उस्लाई हरेक पटक सुध्रने मौका दिनु चाँहि सान्दर्भिक हुन्छ । स्वर्ग जानको लागि एउटा मापदन्ड हुन्छ त्यो पुरा गर्ने जो कोही पनि स्वर्ग पुग्न सक्दछ र त्यो पुरा गर्न सबैलाई सबै समयमा मौका दिनुपर्छ । ताला लगाएर स्वर्ग जाने बाटो बन्द गरिएको हुँदैन फेरि स्वर्ग लामो समय राम्रा काम गर्नेहरुका लागि दिएको छोटो समय हो भने नर्क मानसिक र शारिरिक रुपमा खराब काम गर्नेहरुका लागि हो । यि दुबै क्षणिक समयको लागि मात्र हुन्छन् । अनि स्वर्ग र नर्कमा यि सबै कुरा गर्न कुनै भगवान हुँदैनन । बरु हरेक मान्छेले राम्रा र नराम्रा कर्म गरे अनुसार जिन्दगिको अनुभव हो त्यो अवस्था मनशिक प्रक्षिण हो जस्ले उत्तम समय गुजरा गराउदछ ।
बाइबलको पुरानो करारको पहिलो कोरिन्थियन, भाग २ को ९ मा स्वर्ग कसैको आँखाले ऐले सम्म नदेखेको, कसैले पनि नसुनेको, नजानेको अनि कुनै मानबले कल्पना पनि गर्न नसकेको ठाउँ हो जहाँ परम् पितालाई मान्नेले मात्र पुग्ने अबसर पाउदछ भनिएको छ । तेसैगरी नयाँ करारको मत्थ्यू २५ को खन्द ४६ ले चाँहि कुनाइ कठिनाई बिनाको अनन्त जीवन हो भनेको छ ।

कुराणले स्वर्गलाई एउटा बगैचाको रुपमा ब्यखा गरेको छ । जन्नत एउटा बगैचा हो जहाँ दुधको नदी बग्ने छन जसको स्वाद वाइन जस्तै कदापी परिवर्तन हुँदैन, तेसैगरी पवित्र मह जस्तै सफा छ, सम्पूर्ण फलहरुको आनन्दमय बगैचा अनि छाटानिको दिनमा अल्लाहले आफू प्रति बफादारलाई स्वर्ग लैजानुहुन्छ ।

“अनि स्वर्गमा सबै धर्मले मरे पछि मात्र पुग्ने बतायका छन ।” हिन्दू र बुद्ध धर्मले मात्र कर्म अनुसार त्यो अवस्थाको ब्याखा गरेका छन भने अरु सबैले स्वर्ग जाने तरिका आफ्नै धर्मका श्रोत तत्वमात्र बतायका छन ।

सबैले व्याख्या गरे अनुसार मेरो विचारमा त स्वर्ग “धर्म नमान्ने बाम पन्थीहरुको साम्यवादी समाजमा बिश्वमा सफल पूँजीवादी अर्थतन्त्र अनि हिन्द धर्ममा आधारित धार्मिक समाज जहाँ बुद्ध धर्मले ब्याखा गरे जस्तो सतकर्मको लागि मनशिक प्रक्षिण हुन्छ । हो” जस्तो लाग्छ ।

प्रतिक्रिया