बुधबार, माघ १२ २०७८
काठमाडौं २२:५९
वासिङटन डिसी 12:14

कनेक्टिकट नेपाली समाजको पहलमा नेपाली भाषा कक्षा संचालनमा

इनेप्लिज २०७२ असार १५ गते २२:०३ मा प्रकाशित

aकनेक्टिकट नेपाली समाजको पहलमा बार्षिक कार्यक्रम अनुसार यस बर्षको नेपाली भाषा कक्षा संचालन जून २७ बाट शुरु गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा उल्लेख्य अभिभाबकहरुको उपस्थिति रहनुको साथै उत्साहका साथ आफ्ना नानीहरु सहित सहभागिता जनाएका थिए l कार्यक्रम संस्थाका अध्यक्ष शंकर ढकालको अध्यक्षतामा सम्पन्न भयो l

उक्त अबसरमा अध्यक्ष शंकर ढकालले नेपाली भाषा तथा संस्कृति जोगाउन यस्ता कार्यक्रमहरु निरन्तर गरिने तथा यसलाई ब्यबस्थित गरि लगिने बताउनु भयो । त्यसै गरी कार्यक्रमका संयोजक राजन तिम्सिनाले कार्यक्रमको बिस्तृत जानकारी प्रस्तुत गर्नु भयो । प्रस्तुत कार्यक्रम अनुसार आगामी सेप्तेम्बेर ५ सम्म हरेक शनिबार संचालन हुने यस नेपाली भाषा कक्षामा करिब ४० बिद्यार्थीहरु सहभागी हुने छन । कार्यक्रम ब्रिस्ट्रो मिडल बिद्यालमा संचालन भएको छ ।

प्रमुख अतिथिमा काली दास शर्मा ,पुर्व अध्यक्ष सन्तोष लम्साल ,एनआरएन एनसीसी कनेक्टिकट शाखाका अध्यक्ष राम ओझा ,समाज सेवी कृष्ण अधिकारी तथा  शिक्षिका सैलु मल्लले पनि बिद्यालयका बारेमा मन्तब्य राख्नु भएको थियो l

bउक्त स्कुल वेस्ट हार्टफोर्ड टाउन संग समन्वय गरि उपलब्ध भएको हो । नेपाली समुदायको बढ्दो प्रभावले टाउन हल संग समन्वय गर्न सजिलो भएको हो । स्कुलकै बाताबरणमा अमेरिकी संस्था संचालनको मापदण्ड पुरा गरि संचालन गरिएको यो कार्यक्रम उपलब्धिमुलक हुने विश्वास समुदायले गरेको छ । नेकोनले हरेक बर्ष नेपाली भाषा कक्षा सन्चालन गर्दै आइ रहेको पनि छ ।

प्रतिक्रिया