टेक्सासको ड्यालसमा बरिष्ठ अधिवक्ता खगेन्द्र क्षेत्रीसंग टिपीएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने

इनेप्लिज २०७२ असार १५ गते १३:५० मा प्रकाशित

khagendra-GCटेक्सासको ड्यालस क्षेत्रमा रहेका नेपालीहरुलाई प्रत्यक्ष सेवा दिने उद्धेश्यले बरिष्ठ अधिवक्ता खगेन्द्र क्षेत्रीसंग टिपीएस सम्बन्धी जानकारी मुलक कार्यक्रम हुने भएको छ । एनआरएन टेक्सास च्याप्टरको पहलमा स्थानिय बिभिन्न संस्थाहरुको सहकार्यमा हुन लागेको कार्यक्रममा बरिष्ठ अधिवक्ता क्षेत्रीले टिपीएस सम्बन्धी जानकारी दिनुका साथै फारम भर्ने ब्यवस्था समेत रहेको जनाइएको छ । नेपालमा आएको महाभुकम्प पश्चात अमेरिकामा रहेका कागज बिहिन नेपालीहरुलाई अमेरिकन सरकारले टिपीएस प्रदान गरे पश्चात नेपाली समुदायमा यस सम्बन्धी कानुनि परामर्श र सेवा आवश्यक परेकोले बरिष्ठ नेपाली अधिवक्तालाई नै ड्यालसमा निम्त्याएको एनआरएन टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछानेले बतानउनुभयो ।

आगामी जुलाई ५, आइतवार दिउसो ३ बजे देखि टेक्सासको इर्विंग शहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) भवनमा हुन लागेको कार्यक्रममा टेक्सास / ड्यालस वरपरका नेपालीहरुलाई कानुनी सेवा दिन आफुहरु उत्साहि रहेको बरिष्ठ अधिवक्ता क्षेत्रीले हिमालय खबरलाई बताउनुभयो । अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अविधक्ता समेत रहेका क्षेत्री बिगत २६ बर्ष भन्दा धेरै समय देखि न्यूयोर्कमा रहेर कानुनी सेवा प्रदान गर्दै आउनुभएको छ ।

एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले यस खालको कार्यक्रम नेपाली सामुदायिकका लागि अत्यन्तै उपयोगी हुने हुदा सबैलाई सहभागी भएर मौकाको फाइदा लिन आग्रह गर्नु भएको छ I

उक्त कार्यक्रमको एनआरएन टेक्सास च्याप्टर सहित नेपाल अमेरिका पत्रकार संघ (नेजा), नेपाली समाज टेक्सास , नेपाली जनसंपर्क समिती डालस फोर्थ वोर्थ च्याप्टर, नेपाली जनसंपर्क समिती वेष्ट टेक्सास च्याप्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ड्यालस एभरेष्ट लाइन्स क्लब, इन्द्रेनी कल्चरल एसोसिएसन, प्रवासी नेपाली मन्च अमेरिका , नर्थ टेक्सास नेपाली समाज, नेवा:एसोसियसन, HDNP International, UNCON, Blood Donors of America, University of Texas Arlington, Texas A&M University, University of North Texas, हिमालय खबर डटकमले संयुक्तरुपमा आयोजना गर्न लागेको हो ।

कार्यक्रम अन्तमा Machine Readable Passport (एमआरपी) फर्म समेत वितरण कार्यक्रम रहेको कुरा एनआरएन अमेरिकाका कोषाध्यक्ष बेदराज बस्नेतले बतानउनु भयो I
अन्तराष्ट्रिय नियम अनुसार हस्तलिखित पासपोर्ट आउने नोभेम्बर २४, २०१५ वाट उपयोग गर्न सकिदैंन । त्यसैले यस अघिनै हस्तलिखित पासपोर्ट छ भने अवधि नसकिएपनि नविकरण गरिसक्नु पर्ने हुन्छ ।

प्रतिक्रिया