अवैध रक्सीको कारोबारमा शाहरुख खान !

इनेप्लिज २०७२ असार १५ गते १२:५५ मा प्रकाशित

DSC05291-800x532मुम्बई । बलिउडका बादशाह शाहरुख खान अवैध रक्सी कारोबारमा संलग्न रहेका छन् । फिल्म ‘रईस’मा शाहरुख एक डन व्यापारीको भुमिकामा देखिन लागेका हुन् । वर्ष २०१६ मा प्रदर्शनको तयारीमा रहेको फिल्म ईदमा प्रदर्शन हुनेछ । जहाँ सलमान खानको फिल्म पनि रिलिज हने छ । खबर अनुसार फिल्ममा शाहरुख गुजरातका एक अवैध मदिरा कारोवारी देखिनेछन् । उनको भुमिका गुजरातका एक पूर्व डनको अपराध जीवनमा आधारित छ । यो फिल्ममा महात्मा गांधीको गृहराज्यको कथामा छ, जहां मदिरामा प्रतिबन्ध लगाइएको थियो । यो फिल्ममा शाहरुखले प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्र गुजरातका खराब कुरालाई समेटेका छन् । जसले गुजरातको बदनाम हुने निश्चित छ । एजेन्सी

प्रतिक्रिया