शनिबार, माघ ८ २०७८
काठमाडौं १५:२३
वासिङटन डिसी 04:38

व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन सुरु

इनेप्लिज २०७२ असार १५ गते १२:०८ मा प्रकाशित

Rss_Images_1435662479336_RS-KTM-samsad asar-15-6काठमाडौँ, १५ असार । व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ ।

बैठकको सुरुमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति डा रामवरण यादवले पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ ।

बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७२÷७३ को बजेट पेस हुनेछ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार १६ गते बिहान ११.३० बजे बस्ने कार्यक्रम छ ।

प्रतिक्रिया