नगरस्तरीय बाल सञ्जाल गठन

इनेप्लिज २०७२ असार १५ गते ३:५१ मा प्रकाशित

Bachha-3_20140417093137इलाम, १५ असार । बालबालिकाको समग्र विकास लागि नगरस्तरीय बाल सञ्जाल गठन गरिएको छ । बालमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बाल सञ्जाल गठन गरिएको हो ।

बालबालिकाको क्षेत्रमा छुट्टिने बजेट परिचालन गरी बालबालिकाको हितमा लगाउने, भित्तेपत्रिका प्रकाशन तथा सर्वाङ्गीण विकासका लागि प्रिया राईको अध्यक्षतमा सोमबार १५ सदस्यीय सूर्याेदय नगरस्तरीय बाल सञ्जाल गठन गरिएको छ ।

सञ्जालको सचिवमा राजेश राई र कोषाध्यक्षमा मेलिना ढकाल तथा सदस्यहरुमा रुपम सुनुवार, सुजता लामा, जनम पौडेल, दर्पण गजुरेल, अनुसा देवान, सुनिता विष्ट, अभिषेक गौतम, मेलिना ढकाल, मनिका तामाङ र अञ्जली वान्तवा राई रहनुभएको छ । बाँकी तीन सदस्यपछि थप गरिने सञ्जालले जनाएको छ ।

बालबालिकाको आर्थिक तथा सामाजिक विकास कार्यक्रमअन्तर्गत सूर्याेदय नगरपालिकामा बालबालिकासम्बन्धी रणनीतिक कार्ययोजनासमेत तयार पारिएको छ । सूर्याेदय नगरपालिकाको सहयोगमा मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालले सूर्याेदय नगरपालिकाको १५ वटा वडामा बालबालिकाको सर्वेक्षण गरेको थियो । बालमैत्री रणनीतिक योजना तयार पारी सूर्याेदय नगरपालिकालाई हस्तान्तरण गरिने र उक्त कार्ययोजना नगरपालिकाले आगामी वर्षदेखि लागू गर्ने जनाएको छ । प्यागले जिल्लाका विभिन्न गाविस र नगरपालिकामा बालमैत्री रणनीतिक योजना तयार पार्दै आएको छ ।

प्रतिक्रिया