सातदिने पत्रकारिता तालिम सम्पन्न

इनेप्लिज २०७२ असार १५ गते ३:४४ मा प्रकाशित

सप्तरी, १५ असार । सप्तरीको कञ्चनरुप नगरपालिकामा सञ्चालित सातदिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भयो ।

आइडिया नेपालद्वारा सञ्चालित सो तालिमको प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा तथा आइडिया नेपालका अध्यक्ष निरज मण्डलको सभापतित्वमा सम्पन्न तालिममा पाँच महिलासहित ३७ जनाको सहभागिता रहेको थियो ।

तालिममा नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका उपाध्यक्ष श्रवणकुमार देव र सदस्य बिनाइलाल कर्णले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया