पाँचथर, १५ असार । मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–५ र भारपा गाविस–८ को हेवाखोलामा अहिले दाहसंस्कार घाटको निर्माण सुरु गरिएको छ ।
सदरमुकाम फिदिम, भारपा, सुभाङलगायत गाविसका स्थानीयवासीलाई शव दाहसंस्कार गर्न सहज पु¥याउने उद्देश्यले घाट निर्माण गरिएको उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष मित्रप्रसाद काप्mलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला विकास समितिको रु पाँच लाख, थतिथी पुचको रु दुई लाख तथा अन्य सङ्घसंस्थाको गरी रु १३ लाखको लागतमा घाट निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले सङ्घसंस्थाको सहयोग आउने क्रम जारी छ, अब चाँडै निर्माण कार्य सकिन्छ । हेवाखोलामा दाहसंस्कार गर्ने घाट नहुँदा समस्या हुने गरेको थियो ।”
प्रतिक्रिया