न्युयोर्कमा टिपीएस कार्यक्रम भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७२ असार १५ गते ०:१५ मा प्रकाशित

FullSizeRender (1)न्युयोर्कमा विभिन्न संघ तथा संस्थाको सयुक्त आयोजनामा टिपीएस (अस्थाई सुरुक्षित हैसियत ) कार्यक्रम उत्साहजनक सम्पन्न भएको छ l उक्त कार्यक्रम एनआरएन एनसीसी अमेरिका ,जन सम्पर्क समिति अमेरिका ,प्रवासी मंच अमेरिका ,जनजाती महासंघ युएसए ,नेपाल अमेरिका पत्रकार संघ ,रिजवुड नेपाली सोसाइटी तथा अन्य संस्थाहरुको पहलमा सयुक्त रुपमा गरिएको थियो l

कार्यक्रमको मुख्य उद्धेश्य टिपीएसका सम्बन्धमा जानकारी लिनुको साथै नेपाली संघ तथा संस्थाहरु राष्ट्रिय एवम सामुदायिक हितका सन्दर्भमा एकीकृत भै अघि बढ्न सक्ने छन् भन्ने कुराको सांकेतिक परिचय थियो l कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै एनआरएन एनसीसी अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बन्दना कोइरालाले कार्यक्रमको आयोजक पक्षले सम्पूर्ण नेपालीहरु एकीकृत भएको संदेश लिएको प्रष्ट पारिन l

कार्यक्रमको सभापतित्व एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले गरेका थिए भने प्रमुख अतिथि न्युयोर्क स्थित नेपाली महाबाणिज्य दुताबासका कार्यबाहक बाणिज्यदुत प्रविण भट्टराई रहनु भएको थियो l कार्यक्रममा श्रोत व्यक्तिका रुपमा कानुनविद दुर्गा भुर्तेल तथा रमेश श्रेष्ठ रहनु भएको थियो भने कार्यक्रममा बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो l

FullSizeRenderप्रमुख अतिथि प्रविण भट्टराईले विचार राख्दै सो कार्यक्रमबाट टिपिएस सम्बन्धि स्वयम् समेतले धेरै कुराको जानकारी लिएको बताउनु भयो l प्रमुख अतिथि भट्टराईले कन्सुलेट जनरलको रुपमा रहेर एमआरपी बितरण तथा टिपिएस आवस्यक परेकाहरुका निम्ति आवस्यक नागरिकता र पुरानो राहदानी तथा अन्य राहदानी सम्बन्धि बिषयमा प्रकाश पर्नु भएको थियो l

सभापतित्व गरेका एनआरएन अमेरिकाका अध्यक्ष केसव पौडेलले नेपाल सरकार ,अमेरिकी सरकार एवं अमेरिका स्थित सम्पूर्ण सामाजिक संघ संस्थाले खेलेको भूमिका ,कानुनविदहरुको योगदान ,गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति अमेरिकाका योगदान समग्रमा प्रतिफल बनेको बताए l

FullSizeRenderअध्यक्ष पौडेलले अगाडी भने कार्यक्रमबाट अर्को के संदेश रहोस भने नेपालीहरु अमेरिकामा एकीकृत भएका छन् l उनले अझ थप्दै टिपीएस प्रतिबिम्बात्मक सफलता हो भने l अब एकीकृत रुपमा अघि बढेको अवस्थामा धेरै ठुलो सफलताहरु पाउन सक्ने सम्भावनाहरु देखाएका थिए l

कार्यक्रममा टीपीएस सम्बन्धि अधिवक्ता दुर्गा भुर्तेल तथा रमेश श्रेष्ठले बिस्तृत जानकारी दिएका थिए भने ओएनएफका अध्यक्ष संजय थापा , फिप्नाका महासचिब मानव राना ,नेजाका महासचिब भिला आचार्य तथा अन्य व्यक्तिले मन्तब्य राखेका थिए l

FullSizeRender (2)

प्रतिक्रिया