२२ विद्यालयलाई ११ लाखको जस्तापाता सहयोग
चितवन, १४ असार । चितवनको पर्यटकीय सौराहामा रहेको सामाजिक संस्था सामुदायिक सहयोग केन्द्र नेपाल बछौलीले भुकम्प पिडितका लागि ३१ लाख राहत बाडेको छ ।
मुलुकमा गएको महाभुकम्पका कारण पिडित बनेकाहरुलाई खाद्यन्न सहित विद्यालय पुननिर्माण गर्न केन्द्रले ३१ लाख रुपैया खर्च गरेको व्यवस्थापक दिपेन्द्र खरेलले बताए ।
चितवन, गोर्खा धादिङ्ग, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा तत्काल खाद्यन्न राहत १५ सय बढी परिवारलाई २० लाख रुपैया बराबरको त्रिपाल, खान्द्यान्न, औषधी, बालबालिका र महिलालाई अत्यावश्यक वस्तु लगायतका सामाग्री बाडेको उनले बताए ।
भने ६ दिन लगाएर गोर्खा, रसुवा, सिन्धुपाल्चोक र मकवानपुरका गरि २२ वटा विद्यालयलाई प्रति विद्यालय ५ देखि १५ वण्डल गरि ११ लाख रुयैयाको जस्तापाता सहयोग गरेको केन्द्रका अध्यक्ष केशव पाण्डेले जानकारी दिए ।
यस्तै केन्द्रले रसुवाको वेतरावतीमा रहेको २ क्यापमा निशुःल्क स्वास्थ्य शिविर केन्द्रका प्रमुख संयोजक राजेन्द्र खेरलको संयोजनमा १२ सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
सम्बन्धीत जिल्लाको जिल्ला शिक्षा अधिकारी, प्रचार्य र स्थानिय व्यक्तिहरुको प्रत्यक्ष रोवहर ६ दिन लगाएर व्यवस्थापक खरेल जस्तापाता बाडेको उनले बताए ।
प्रतिक्रिया