बैँसरीका पहिरोपीडितलाई जापानमा रहेका म्याग्देलीको सहयोग

इनेप्लिज २०७२ असार १४ गते ३:४३ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), १४ असार । उत्तरी म्याग्दीको बैँसरीका पहिरोपीडितलाई जापानमा रहेका म्याग्देलीले रु दुई लाख आर्थिक सहयोग गरेका छन् ।

रोजगार, शिक्षा र व्यापारको सिलसिलामा जापानमा पुगेका म्याग्देलीको साझा संस्था म्याग्देली सञ्जाल जापानले पहिरोबाट पूर्ण रुपमा विस्थापित भएका भगवती र राम्चे गाविसका दुई बस्तीका पीडितलाई सहयोग जुटाएका हुन् ।

सञ्चालका सल्लाहकारहरु तिलक मल्ल, प्रवेश राजभण्डारी, जम जुग्जाली, अध्यक्ष महेन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष महेन्द्र बानियाँ, महासचिव केम मल्ल, देवेन्द्र भण्डारी, प्रेम पुन, पवित्रा पुन लगायतको सक्रियतामा सङ्कलन भएको रकम परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत पहिरोपीडितलाई हस्तान्तरण गरिने सञ्जालका अध्यक्ष खड्काले बताउनुभयो ।

आर्थिक सङ्कलन अभियानमा म्याग्देलीसहित नेपालीले आर्थिक, भौतिक तथा नैतिक सहयोग गरेका छन् । आर्थिक सङ्कलन अभियानमा बेनी नगरपालिका–६ मङ्गलाघाट स्थायी घर भई हाल जापानमा लुम्बिनी रेस्टुरेन्ट सञ्चालन गरिरहेका सञ्जालका सल्लाहकार राजभण्डारीले एक लाख ३५ हजार यान सहयोग गर्नु भएको छ ।

प्रतिक्रिया