महासङ्घलाई कम्प्युटर प्रदान

इनेप्लिज २०७२ असार १४ गते ३:२९ मा प्रकाशित

computerत्रिशूली (नुवाकोट), १४ असार । नुवाकोटको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सेवा पुर्‍याउँदै आएको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखालाई कम्प्युटर प्रदान गरेको छ ।

आइतबार विदुरमा आयोजित कार्यक्रममा ट्रस्टका संरक्षक तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले पत्रकार महासङ्घका नुवाकोट जिल्ला अध्यक्ष प्रकाशकुमार अधिकारीलाई कम्प्युटर हस्तान्तरण गर्नुभयो । उहाँले पीडित पत्रकारलाई यस कम्प्युटरबाट समाचार सम्प्रेषणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सोही ट्रस्टले बेलायतको युमी नेपाल संस्थाको सहयोगमा भूकम्पपीडित नुवाकोटका पत्रकारका लागि राहत सामग्री प्रदान गरेको छ । भुकम्पपीडित २६ पत्रकारलाई एक/एक थान स्लिपिङ ब्याग ट्रस्टका संरक्षक केसीले प्रदान गर्नुभयो ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रेस युनियनका अध्यक्ष किरण अधिकारी, ट्रेड युनियन काँग्रेसका अध्यक्ष शिव देवकोटा लगायतले सूचना सम्प्रेषणमा खटिरहेका पत्रकारलाई ग्रामीण भेगमा समाचार सङ्कलनमा सहज हुने धारणा राख्नु भयो ।

प्रतिक्रिया