न्युजर्सीका नेपाली तथा भारतीय चिकित्सकहरुले भूकम्प पिडितको लागि ५० हजार डलर संकलन

इनेप्लिज २०७२ असार १४ गते २:४६ मा प्रकाशित

11652141_10153062370081553_735020417_nनेपालको भूकम्प पिडितहरुका लागि अमेरिकाको न्यु जर्सी राज्यमा रहेका नेपाली अमेरिकन तथा भारतीय अमेरिकन चिकित्सकहरुले सयुक्त रुपमा ५० हजार डलर उठाएका छन् l न्यु जर्सीमा रहेको अमेरिकन नेपाल मेडिकल फाउनडेसनको पहल तथा इन्डियन अमेरिकन मेडिकल एसोसिएसनको आयोजनामा भएको कार्यक्रममा उक्त रकम उठाईएको छ l

उक्त संकलन गरिएको रकम नेपाली मुलका चिकित्सकहरुले नेपाल आफै गएर खर्च गर्ने बताएका छन् l इन्डियन अमेरिकन मेडिकल एसोसिएसनलाई बंगली सांस्कृतिक समाज तथा अन्य संगठनहरु संग सयुक्त रुपमा मिलेर आर्थिक संकलन गरेको बताएका छन l भूकम्प पिडितहरुका लागि नेपाली तथा भारतीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ​l​

उक्त संस्कृतिक कार्यक्रममा निलु झा ,उमेश खतिवडा ,अभिषेक झा, देव्यान्सि शर्मा , श्रेयाश खतिवडा ,राजन पोख्रेल ,अलिशा मिश्रा, दिव्या गुरुङ , श्रीजना श्रेष्ठ  , जेसी सिंह , प्रमिला सुबेदी , ओपालिना ,ओरिसा ,कुमु अर्याल ,बनिता पौडेल तथा मेशराज खतिवडाले आफ्नो प्रस्तुति देखाएका थिए l

11694363_10153062371961553_1029181840_n 11655177_10153062369416553_1187638284_n 11652192_10153062370691553_1110244297_n 11647310_10153062370656553_60003408_n 11694375_10153062371646553_1013884596_n

प्रतिक्रिया