अमेरिकाको भर्जिनियामा स्वास्थ शिबिर सम्पन्न

इनेप्लिज २०७२ असार १३ गते १:४९ मा प्रकाशित

healthअमेरिकाको भर्जिनियाको मनाससमा स्थापना भएको अमेरिका नेपाल सहयोगि समाजको आयोजनामा अमेरिकाको भर्जीनियामा स्वास्थ शिबिर कार्यक्रम सम्पन्न गरिएको छ। सो अवसरको स्वास्थ शिबिरमा डिसि मेट्रो क्षेत्रका ६० जना बिरामिको स्वास्थ परिक्षण गरि आवस्यक परामर्स दिइनुका साथै रक्त जाच समेत गरिएको थियो ।

शिबिरमा बिशेष गरि स्वास्थ बिमा नभएका ,जेस्ठ नागरिक र अझ स्वास्थ परामर्स लिन चाहाने ब्यक्तिहरुलाई सेवा प्रदान गरिएको थियो। उक्त शिबिर सफल रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने डा रोसन मैनालि , डा सपना मैनालि,डा अनिल सुवाल, डा लिलि के सि ,इ एम टि मधुसुदन पन्थि, रजिस्टर नर्स अप्सरा अर्याल, रजिस्टर नर्स पूर्ण घिमिरे,नर्स नारायन गौतम विशेस धन्यबादका पात्र हुनुहुन्छ।

DSC05220विशेस गरि मनाससबासी नेपालीहरुको सक्रियतामा र अमेरिका नेपाल सहयोगि समाजका सम्पूर्ण क्रियाशिल सदस्यहरुले आ आफ्नो ठाउबाट जिम्मेबारी पुरा गर्नु भएका कारण सो शिबिर सफलतापूर्बक सम्पन्न भएको हो।

स्वास्थ शिबिर सम्पन गराउनुको लागि भवन तथा स्वास्थ सामाग्रि निशुल्क उपलब्ध गराइदिनु भएकोमा सस्थाका संरक्षक मधुसुदन पन्थि र अल्टिमेट मेडिकल सेन्टरलाई सस्थाका अध्यक्ष पदम रेग्मिले विशेष धन्यबाद दिनुभयो। अमेरिका नेपाल सहयोगि समाजले प्रदान गर्ने गरेका सेवा मुलक कार्यक्रम मध्ये यस्तो स्वास्थ शिबिर पहिलो हो l त्रैमासिक रुपमा यस्ता स्वास्थ शिबिर सञ्चालन गर्दै लग्ने सस्थाको योजना छ । अमेरिका नेपाल सहयोगि समाजले स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगि भावनालाई प्रबर्धन गर्दै आई रहेको छ।

health4

health3

DSC05238 DSC05230 DSC05237 DSC05215

प्रतिक्रिया