नेपाल अमेरिका पर्यटन पत्रकार संघ गठन

इनेप्लिज २०७२ असार १२ गते २०:४२ मा प्रकाशित

nepalusokकाठमाडौं, असार १२ । विनाशकारी भूकम्पबाट क्षति भएका नेपालका सम्पदाकोपुननिर्माण र पुनरुत्थानका लागि अन्तराष्ट्रियस्तरमा प्रचारप्रसार र प्रबद्र्धन गर्नेउदेश्यले नेपाल अमेरिका पर्यटन पत्रकार संघ गठन गरिएको छ ।

नेपाल र अमेरिकालाई आधार बनाएर पर्यटन प्रबद्र्धन र पत्रकारितागरिरहेका ब्यक्तित्वहरु समावेश भएर नेपाल अमेरिका पर्यटन पत्रकार संघ गठनगरिएको हो । संघको अध्यक्षमा गोरखापत्र दैनिकका सन्जोग आचार्य,उपाध्यक्षमा न्युज नेपाल डट कमका लक्ष्मण लम्साल, महासचिवमा इपर्यटन

मिडियाका दिवस पोख्रेल, कोषाध्यक्षमा स्वतन्त्र पर्यटन पत्रकार निलिसा पोख्रेलहुनुहुन्छ ।त्यसैगरी, संघको सदस्यमा टुरिजम न्युट डट कमका संचालक पञ्चबहादुरतामाङ र नेपाल फ्लोरिडा डटकमका कल्पना दंगाल तथा मुकुन्द ढुंगाना

हुनुहुन्छ ।शनिवार आयोजित कार्यक्रममा संघका पदाधिकारीलाई समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वागत तथा बधाई दिनुभयो । सो अबसरमा सभाषद्जगदिश्वर नरसिंह केसी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्डबहादुर कार्की,नेपाल पर्यटन बोर्डका सदस्य सचिव घनेन्द« श्रेष्ठ, बरिष्ठ पर्यटन ब्यबसायीदिपक महतलगायतले संघका पदाधिकारीलाई स्वागत तथा शुभकामना प्रदानगर्नुभएको थियो ।

nepalus

प्रतिक्रिया