क्यासिनो !!!!!

इनेप्लिज २०७२ असार १२ गते १८:२८ मा प्रकाशित

unnamed

त्यसैले त्यो भवन भित्र क्यास चाहिँ सजिलै लान सक्नुहुन्छ । तर ‘नो आउट’ – भन्नाले बाहिर लान चाहिँ मुस्किल पर्ला है ! जुवाघरलाई संस्कृतमा धुतभवन भनिन्छ । जुन भवनले तपाइँको घर, खेत, दराजको पैसा,ईज्जत ,मान प्रतिष्ठा घर परिवार सुख शान्ति, सबै,धुत गर्ला ! या तान्ला,पैसा हुँदा सम्म तपाइँलाई मान्ला, पैसा सकिए पछि कान्लाँ हुत्त हुत्याउला ! चतुर मान्छेलाई अर्थ शास्त्रको अन्धकार संसार क्यास इन्नै इन् भनिकन लख कटान ढाँट्नै नपर्ने ठाउँ होला !

जहाँ तपाइँले क्यासको धोक्रो बोकेर भित्र पसेपछि तपाईलाई खोक्रो बनाउने उदेश्यले तपाइँलाई टुलुटुलु टुल्क्याउने टेबुल हुन् बल्याकज्यक बाक्रा, पोन्टोन, रुलेट, पोकर, मिनिफलस,फलस, पप्लु,हुन । ति सजिसजाउ टेबुलहरुमा पनि किट्टी जस्तो रमाइलो खेलले तपाइँ-हाम्रो झिटी-मिट्टीमा नपुर्याए कसरि रंगिएला त ती सुन्दर टेबुलका दृश्यावलोकन ?

चारैतिर ऐनै एेनाले सजिसजाउ ती सुन्दर पर्खालहरु,हाम्रो मनलाई एकनाश तानिरहने संगीतका तरंगहरु पुतलिजस्तै ऊँडी-ऊँडी नाचिरहने सुन्दरीहरु ,रोबोटजस्तै निरन्तर जुवाडेको सेवामा तल्लिन मजदुरहरु ,र हजारौं लाखौंका चिप्सहरुका साथमा आफ्ना भाग्य अज्माऊँदै गर्ने नया तथा पुराना घरानिया सोखिनहरु । भित्र पसेपछि रात र दिन छुटाउन गारो आर्कै संसारको यो सारो चौघेराले धेरैको भाग्य नहेरेको र नफेरेको भए हामीले समाचार र टेलिभिजना घटनाक्रमलाई सहायदै क्यासिनो भन्ने नामै कुन चराको होला भन्ने सुनिन्थेन होलाकि, अझ् गाम्मा त झनै थाहानै छैन होला हैनर ? नामले पनि काम गर्छ भन्ने बल्ल बुझियो पनि ।

क्यासिनोलाई संस्कृतमा धुतभबन भनिन्छ । महाभारतमा धिर्तरास्ट्रले पुत्रमोहमा परि ,काम कर्तब्य र अकर्तब्यको मोडमा आफुलाई तोडी धुत भबन जोड्न आफ्ना सेवकलाई “तुरुन्तै लागिपर “भनि तोरंग स्फटिक नामको धुत सभा भबनको तुल्याई हाल ” भन्ने आदेश गरे । थोरै दिनरात गरि द्रुत गतिका साथ बनेको धुत भवनमा असंख्य रत्न मडी माडिक्यादी लगायतले झाकिझकाऔ थियो । त्यसैले त होलानी ‘आर्कालाई पुर्न खनेको खाल्टा आफै परिन्छ ‘भन्ने उखान जस्तै -‘धिर्तरास्ट्रले त्यही झकी झकाउ भवनको निर्माणार्थ सय भाई छोराको मरण र राज्यको हरणा चित्तलई पित्तभित्र थुपारेर बुढा र बुढी मात्रै बाँच्न सफल भए । मान्छेले र्काको लोभ गर्यो कि लाभसँगै बिलाप पनि भोग्नु पर्छ भन्ने कुरा सबैले जान्नै पर्ने रहेछ ।

करीब पचास बर्ष अघि नेपालाई पनि पर्यटकका नाममा राजा महेन्द्रका भाइ हिमालयले सोल्टी होटल धुत भबनको पहिलो कूत उठाउने द्रुत गतिले भबनलाई महान जुवाको मोहनी रूपी परि संसार बनाए । जहाँ लरि वरि धन र मन झरिरहे ….फलिरहे । नेपालका दरबारले एक वर्ष चलाए पछि भुटानी दरबारका अर्का सर्दार लेनी दोर्जे नामका दरबारीयालाई एक बर्ष सम्म व्यवस्थापन को पद भार ग्रहण गरि आफ्नै देश फर्केका हुन् । तत् पश्चात अर्को एक बर्ष नेपालकै दरबारले सरासर चलाई १९७१ माँ हिमालले ब्यास्थापनको पदग्रहणको भार आर डी टटललाई दिएपछि स्टाफ बढाउने , जुवाघर चढाउने , नेपाली सदाउने ,नाममा फ्रीमा प्रबेश पाउने नेपालीले २०३६ सालबाट रु ५० शुल्क तिरी छिरिलिने नियम बसालियो ।

२०४० सालदेखि बाहिर बोर्डमा ‘नेपाली नागारिकलाई प्रबेश निषेध ‘को जोर्डले अर्को कोड झुण्डाइयो पैसा क्यसिनोले भन्कायो विदेशिले नेपालको नोट थन्कायो । जे होस् नेपालमा पनि धूत भबनले दरबारको कुत उठाउने बिरुवा फल खाने विदेशी भएर होला ,हांगा,बिंगा ,फल ,सबै हुर्कीबडी चढ़ी सक्यो,धुतै धूत भबनै भबनको ,बमनले साथ समुन्द्र वारिपरीको हावासँगै हरियाली छाउन बिदेशी व्यवस्थापनको पाहुना आए के गर्ने स्वदेशी त नखाएरै,नपाएरै,नलाएरै,सिध्धिएरै सिनित्तै अघाए ।

एकजना ठूला लेखक ‘डेबिड जी स्वार्चले ‘ रोल द बोन्स’ भन्ने किताबको ‘द हिस्ट्री ऑफ़ ग्याम्बलिंग ‘ भन्ने शिर्षकमा आधुनिक क्यासिनोको उत्तपत्ति को बारेमा भन्छन “गंणितज्ञहरूले गणितको ब्याख्या नगर्दै जुवाडेले चौका पंजा छक्का भनेर जोड़ घटाऊ तथा हिसाबको काम शुरू गरे ! उनको भनाइमा बैंकको आविस्कार पनि जुवालेनै गरेको र सातौं शताब्दिमा चीनमा मुद्राको आविस्कार भए ता पनि मुद्रा र बैकको प्रचार ग्याम्बलिंगले गर्दाने यूरोपेमा आएको हो “!

त्यसताका यूरोपमा जुवाका ब्याबसा़यीहरूले चाडो भन्दा चाडो गेम गराउने,र पैसा को पनि चाडो हारजीत गराउने काममा लाग्दा-लाग्दै मार्केन्टैजले रूलेटको आबिस्कार गर्यो । जुवा खेल्ने घरहरू धमाधाम बन्न थाले । १६५० देखि १८०० सम्मा त जुवको बाड़ीनै आयो ! यूरोप जुवामय भयो ! त्यहाँ हाम्रो तिहार जस्तो जुवाको स्थान बिशेष भयो ! रांणा काल जस्तो भब्य भयो !! त्यसै बर्ष सरकारले लोट्टोको आबिस्कार गर्यो र सरकारले जुवालाई ब्याबसा़यी करण गर्यो “!

उनी भन्छन् “तत्पचात यूरोपमा लाइसेन्स प्राप्त घरको स्थापना भयो ! यो नै क्यासिनो को शुरुवात हो “। यूरोपमा पनि पहिला पहिला ठूला बड़ा ,राजा महाराजाबाट यस्ता कुराको शुरुवात गराएकै हुन् । जे होस ठूला बड़ाले हामी जस्ता सस्ता जनतालाई जुवा ,तास , सूरा ,सुन्दरीमाँ र भट्टी माँ खट्टी बस्ने बनाई आफु चाई राज्य र सत्ता समाई रहने अनौठो खेल को सुरुवात परापुर्ब काल देखि नै चलेकै रहेछ भन्दा खेर नजाला ! पहिला पहिला रांणा का कालाँ जुवा फुक्यो कानून सूत्तयो भनी बाटै भरी जूवाको उर्दी लागाउने आफु भने ठूला ठूला बर्दी लगाउने गरेकै हुन् क्यारे !

आफु चाँही राज्यमा ब्रम्हालुट गरिरहने नौठो धूर्त बठ्याई जनतालाई धुत भवन खटाई बर्षौ राज्यसत्ता दत्त चित्त टिकाई रहने होकी ? भन्ने मेरो शंकाले लंका चुटेको चाँही हो !!

त्यसैले पैसा भएका , बुद्धि भएका ,राम्रा -राम्रा मान्छेहरुले राम्रा राम्रा काम गरेर देशलाई ,समाजलाई ,अराजनीतिकको गोटीबाट जोगाई दिने हो भने सबैले कोटीकोटी नमस्कार गर्थेनी ! त्यसको सट्टा झन् झन् दल दलमा अपराधको ,कालो धन्दा को गन्दमा मन्द मन्द कुकर्मको सर्म हराएपछी खरायो जस्तै बन्न खोज्नी अनी कालान्तराँ सन्तानको कसरि ठुलो सपना खोज्नि होला त ? यसरि नै यूरोपमा जुवाका खाल बढेपछि अपहरण चोरी,लुटपाट, झैझगडा ,बढ्नेनै भयो ! त्यसैले त जुवाको स्वतन्त्रताबाट बन्देज लगाउनु पर्यो नि !

जुवा घर हेर्ने र केर्ने हिसाबले खल्तीयाँ डलरै डलर ले घेरें ! त्यो जुवा खेल्ने मैदान अमेरिकाको ‘ओक्लोहामा को ‘ “उइन स्टार वोर्ल्ड क्यासिनोलाई बनाएँ “धुत घरमा गरमा गरम खल्ती मा छिरे को त …….,आमै नि ! , माहुरी महमा लट्ठिए लट्ठिए जस्तै मैले पनि पोकर खेलेर जोक्कर पो हुन पुगे ! मेरो गएको पैसा उठाउने धुन माँ हातको सुन पनि साथीलाई नुनको भाउमा गुन लगउन पुगें !आरु त अरू.. कुरै नगरम्…………………!! ओहो आउछ ……….आउछ ! …. आउथ्यो !……..आउथ्यो………आयो !………………आयो ..!…………….आउछ ! ……………आउछ ! आउला..आउला मैं जाउलो पनि नपाउने स्थिति आयो मलाई !
……..उठाउनैपर्छ……!!!!!!!!! त्यों पनि ब्याज समेत !! कस्तो सोच !!!!! केको खोज !!… कहासम्मको सोच ? झम्म ………..झम्म ………मनै को हो हाँ ????? म कहा छू ?…………………..कस्तो छू ? मेरो हैसियत के ???

…………….उठाउनैपर्छ…………………….!!!! के हो यो …………….? मेरो मनलाई कसले हल्लाएको छ ???? यो मनलाई कसले समाएको छ ???? चिरिच्याट्ट परेका कुइरिनी सोडशिहरू धुइरिएपछि …….मलाई त हुस्किको चुस्कीमा सबै अप्सरा पो लाग्यो नि ? स्वर्ग नै यहि होकी ……!..होकी….!! साँच्ची ………हो ! मलाई त दारु र पारुको नशाले घर , परिवार , धन ,सम्पत्ति ,उत्पत्ति इज्जत भए भरको सबै बचाउन सारो गारो गारो धौ धौ पर्यो त बा !! म त कस्तो कस्तो हराएको… बिराएको… डराएको ……कस्तो न कस्तो मलाई पैसा भउन्जेल गोरा ..गोरा चम्डाले नम्र हुँदै कस्तो .. …सराएको त ? हैन कस्तो ठाम……. जे खाम जे गरम ,मेरो त् हरायो सबै सरम !! ओहो क्यासिनो ! भित्र छिरे पछि क्यास मात्रै इन हैन रहेनछ !!! म… आफै आउट हुन पनि मलाई त डाउट……. लाग्यो भने अरूलाई के के भयो होला हैनर हजुर ?

(वाग्ले एन आर एन अमेरिका का मिडिया को-अर्डीनेटर हुन् | ब्यङ्ग लेखन उनको विधा हो | यो लेख उनको ‘जुवा घर’ भन्ने किताबबाट निकालिएको हो।)

प्रतिक्रिया